सुनको मूल्य ओरालो लाग्यो
शुक्रबार पनि सुनको मूल्य ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सयले घटेर ५३ हजार २ सयमा कारोबार भयो ।
अघिल्लो दिन पनि तोलाको ४ सयले नै ओरालो लागेर ५३ हजार ६ सयमा कारोबार भएको थियो ।
यसदिन तेजाबी सुन तोलाको ५२ हजार ९ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलाको ८ सयमा स्थीर रह्यो ।
शुक्रबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १२ सय ८१ डलरको हाराहारीमा कारोबार भएको थियो ।
samachar
0 comments
Write Down Your Responses