विप्लवको पत्रकार सम्मेलन : दुईचार नेता किने पनि अर्को माओवादी चिहानबाट उठेर आउँछ

काठमाडौं, १५ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग सम्बन्धविच्छेद गरेका नेता नेत्रविक्रम चन्द विप्लवले नयाँ पार्टी गठन गरेको औपचारिक घोषणा गरेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा सोमबार पत्रकार सम्मेलन गरी विप्लवले यस्तो घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको ब्यानरमा आयोजित पत्रकारसम्मेलनमा विप्लवले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने बताए । त्यसका लागि प्रचण्ड, मोहन वैद्य किरण, मातृका यादव र मणि थापा लगायतसँग सहयोगी भएर अगाडि बढ्ने उनको उद्घोष छ । विप्लव स्वयमको संयोजकत्व र प्रवक्तामा नेता खड्गबहादुर विश्वकर्मा रहेको आयोजक समिति गठन गरिएको जानकारी दिँदै पत्रकार सम्मेलनमा पुस २३ देखि २६ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिएको थियो ।




 नेपाली कांग्रेसलार्इ प्रधान शत्रु घोषणा गरेको सो पार्टीले कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको भन्दै त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न माग गरेको छ। काँग्रेसले सहमतिहरू उल्लंघन गर्दा पनि अन्तराष्ट्रिय समुदाय र राष्ट्रसंघले उपेक्षा गरेको उसको आरोप छ । साथै १९५० लगायतका असमान सन्धी सम्झौता खारेज गर्न पनि माग गरिएको छ ।

आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनि भ्रम फैलाइएको भन्दै सो पार्टीले त्यसलाई खारेज गरेको र आफूहरु शान्ति, परिर्वतन र सम्वृद्धिको पक्षमा रहेको प्रष्ट पारेको छ । राष्ट्रिय स्वाधिनताको अधिकारबाहेक अरु कुनै स्वार्थ नभएको लगायतका १७ बुँदे निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको  छ ।
संयोजक विप्लवले प्रचण्ड बाबुरामलार्इ लक्षित गर्दै दुईचार नेता किने पनि अर्को माओवादी चिहानबाट उठेर आउने बताए । माओवादीलार्इ एक्ल्याउने खेल भएको भन्दै उनले कांग्रेस पनि जनयुदका एजेण्डाहरूमा बाँधिएको बताए । राजाले जेल हालेपछि रोल्पामा पुगेका नेताहरू अहिले एक्लै हिड्न खोजेको बताए ।

पत्रकार सम्मेलनमा विप्लवका अलावा खड्गबहादुर विश्वकर्मा, ईश्वरी दाहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, अनिल शर्मा, चिरन पुन, पदम राई लगायतका नेताहरु सहभागी थिए । हल कार्यकर्ताहरुले खचाखच भरिएको थियो । यसअघि चितवनमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै नयाँ पार्टी घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.