के तपाईको घाटी सधै खराब हुन्छ, दुख्छ? चिन्तै नगर्नोस्

 के तपाईंको घाटिमा सधै  खराब रहन्छ ? यो मौशम परिवर्तनको असर् हो भनेर वा खान पानमा आएको परिवर्तनको असर् भनेर नबस्नुहोस् । गलाको खराश टन्सिल वा गलाको गम्भिर समस्या पनि हुन सक्छ । कसरी बच्ने यसबाट ? यो पढ्नुहोस् |


 मौसमको बदलाव संगै गलामा हल्का खसखस  हुनु वा गलमा तिखो घोचाइ महसुश हुनु सामान्य कुरा हो । यो अवस्थामा गलामा खिच खिच हुनु र बोल्नमा समस्या हुनु सामान्य हो । भाईरस वा ब्यक्टेरिय को करणले यो
समस्या देखिन्छ । कहिले कही एलर्जी र धुमपानको करणले पनि घाटीमा खश खश   हुन्छ । यस्ता धेरै समस्याहरु आँफै समाधान हुन्छन तर केही यस्ता जिद्दी समस्या हुन्छन जो सजिलै जादैनन । त्यस्ता समस्यालाई राम्रो उपचारको जरुरी हुन्छ । आमरुपमा मानिशहरू घाटीको खश खस लाई त्यती ध्यान दिदैनन र लापरबाही गर्छन् तर यो समस्या त्यती सजिलो छैन र राम्रो उपचार गरिएन भने गम्भिर समस्या निम्त्याउन सक्छ ।

                                 

घाटीमा आउने खश खस  घाटीको इन्फेक्सन हो । जसमा गलामा कर्कश आवाज आउने, हल्का कासो लाग्ने र हल्का ज्वरो आउने, टाउको दुख्ने, गला दुख्ने जस्ता लक्षण देखिन्छन । 

 हाम्रो गलामा दुबैतर्फ टन्सिल हुन्छ जसले धुलो, ब्यक्टेरिया र भाईरशलाई गलामा जानबाट रोक्ने काम गर्छ । तर कहिले कही यो आँफै इन्फेक्टेड हुन्छ र आफ्नो काम गर्न सक्दैन । जसलाई टॉन्सिलाइटिस भनिन्छ । जसमा घाटी भित्र दुबैतर्फ टॉन्सिल्स गुलाबी वा रातो हुन्छ । इन्फेक्सन हुँदा यिनिहरु अली ठुला र अली बढी राता हुन्छन । कहिले कही यसमा सेतो कत्ला जस्तो पनि देखिन सक्छ । सधरणतया यो समस्या उचित देखभाल र एन्टिबायोटिकले निको हुन्छ तर स्ट्रेप्टोकॉक्कस हिमोलिटीकस नामक भाईरसको करणले यो समस्या देखियो भने अलिक गम्भिर हुन्छ । तव यो संक्रमण ह्रीदय र गुदामा पनि फैलिन्छ र गम्भिर हुन्छ ।


 यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खश खसमा धेरै  आराम मिल्छ । यसमा जीवाणुरोधक गुण पनि हुन्छ र यो चिया नियमित रुपमा सेवान गर्नाले गलामा आराम मिल्नुको साथै गलाको खश खस  हराएर जान्छ ।

धुमपान र ज्यादा मसालेदार खानादेखी टाढै रहनुहोस् 

खानामा बिशेष साबधानी आपनाउनुहोस् । फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नुहोस् । सधैं मनतातो पानी पिउने गर्नुहोस् । त्यसमा अदुवाको धुलो हल्का मिसाउने र ताजा कागतीको रस १,२ थोपा मिलाउनाले अधिक आरमा मिल्छ । सावधानि नै यो समस्याको मुल हल हो ।

सधैं धुलो, धुवा र चिसो बाट बच्नुहोस् , राम्रो मास्कको प्रयोग गर्नुहोस् ।   समस्या देखिनासाथ तुरन्त चिकित्कसको सल्लाह लिनुहोस् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.