सुन कमिसन प्रकरण झन् चर्कियो : कसले खायो ३५ किलो सुनको सुराकी कमिसन ?

काठमाडौ  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बरामद गरेको तस्करीमा भित्रिएको ३५ किलो सुनको कमिसन अनियमितता प्रकरण झन् चर्किएको छ ।
कमिसनवापतको १५ प्रतिशत सुन वास्तविक सुराकीलाई नदिएको भन्दै तीनजना सुराकी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिमा पुगेपछि यस प्रकरण थप चर्किने संकेत देखिएको छ ।
समितिले सुनकाण्डबारे जानकारी लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई बोलाए पनि आइतबार उनी अनुपस्थित रहे ।



सुन बरामदपछि सुराकीवापत पाइने झन्डै १ करोड ७७ लाख रुपैयाँमा ब्यूरो र सुराकीबीच डेढ वर्षदेखि विवाद छ ।
चीनको खासाबाट बा ३ ख २५७० नम्बरको टाटा बक्स कन्टेनरमा पल्स बटम बनाएर काठमाडौं ल्याइँदै गरेको सुन २०७० साल असार २६ गते कोटेश्वरबाट बरामद भएको थियो ।
प्रहरीले भने सुराकी भनिएका तीन जना व्यक्तिले केन्द्रीय अनुसन्धान ब्यूरोमा कुनै सुचना नदिएको दाबी गरेको छ । गृह सचिव सूर्य सिलवालले पनि तीनै जना सुराकीले छुट्टै सुराक दिए नदिएको ब्यूरोमा भएको काजगातहरुमा नखुलेकोु प्रष्टिकरण दिएका छन् ।
भन्सार ऐन २०६४ ले राजश्व चुहावट नियन्त्रणमा संलग्न कर्मचारी एवं प्रतिवेदकलाईसमेत १५ प्रतिशत कमिसन दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो रकम मुद्दाको अन्तिम किनारा लागेपछि कर्मचारी र सुराकीले पाउँछन् ।
तर, प्रहरीका उच्च अधिकारीहरुले वास्तविक सुराकीको नाम नराखी आफन्त र नातागोतालाई ुनक्कली सुराकी खडा गरेकोु सभासदहरुले आरोप लगाएका छन् । ुवास्तविक सुराकीले कमिसन पाएनन्, उनले भने, प्रहरीले कस कसलाई सुराकी बनाएर कमिसन दिएको छ स्पष्ट पार्नुपर्यो ।
कांग्रेसका धनराज गुरुङले वास्तविक सुराकीलाई प्रहरीले धम्कि दिएको आरोप लगाए ।  आजको कान्तिपुरमा समाचार छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.