बानेश्वर चोकमा जे देखियो

BICC-New-Baneshwor-chowkकाठमाडौं,कात्तिक २१ – ‘हाम्रो सिट्ठीलाई न सवारी चालकले मान्छन्, न त पैदल यात्रुले। गुडिरहेको गाडीअगाडि हात फैलाएपछि मात्रै रोकिन्छ। पैदलयात्रुलाई हातैले ठेलेर रोक्किनुस् भन्नुपर्छ,’ राजधानीको व्यस्त चोक नयाँबानेश्वरमा खटिएका एक ट्राफिक प्रहरी जवानले दुःख पोखे । बिहान साढे नौदेखि दुई घन्टा बसेर नयाँबानेश्वरचोकमा नियाले काठमाडौंको सडक अराजकता प्रस्ट हुन्छ । पैदलयात्रुदेखि निजी तथा सार्वजनिक सवारीसाधनका चालक कोही पनि सडकमा एकै मिनेट रोकिन चाहँदैनन् । ट्राफिक प्रहरी सिट्ठी फुकिरहेका हुन्छन्, गाडीहरू हर्न बजाइरहेका । पैदलयात्रु हुइँकिएको गाडीलाई बेवास्ता गर्दै बाटो काट्दै हुन्छन् । चार ट्राफिक प्रहरी चारवटै सडकको मुख्यचोकमा सिट्ठी फुक्नमै व्यस्त। एउटा अव्यवस्थित सहरको अव्यवस्थित चोक हो यो । तीन वर्षदेखि आकासे पुल पर्खिरहेको बानेश्वर सडकमा न्यूनतम भौतिक पूर्वाधार छैन। सडकमा जेब्राक्रस देखिँदैन, लेन बनाइएको छैन। ट्राफिक बत्ती बिग्रिएको तीन वर्ष भइसक्यो। ट्राफिक प्रहरीको सिट्ठीको भरमा धानिएको छ बानेश्वरको सवारी व्यवस्थापन । बूढाबूढी र बच्चामात्र होइन, स्कुल तथा कलेज पोसाकमै बाटो काट्ने विद्यार्थीमा समेत नियम पालना गर्ने चेतना देखिँदैन। ट्राफिकले इसारा गर्नेबित्तिकै गुटुटुटु दौडिएर बाटो काट्छन्।विपरीत दिशाबाट गाडी आएको थाहा हुँदाहुँदै बाटो काट्दा दोष कसलाई दिने र? सवारी चालकमा देखिएको हतारले कुनै पनि बेला दुर्घटना निम्त्याउनसक्छ। पैदलयात्रुको हूलले बाटो काट्न लागेको देख्दादेख्दै किचौंलाझैं गाडी हाँक्ने चालकको लापरबाही रोक्ने हिम्मत ट्राफिक प्रहरीले गर्दैनन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2014/11/07/180395.html#sthash.6D2hXXqH.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.