पाप कटाउन भन्दै बेश्याहरु मध्यरातमा मशानघाटमा गएर नाचे…

मानिसले पाप पखाल्न के के सम्म गर्दैन । जीवनमा आफुले गरेको पाप पखाल्न सुन, सम्पत्ति दान देखि अस्पताल निर्माण र पाटी पौवा बनाउने सम्मका कार्यहरु भएको हामिले थाहा पाएका छौं । तर, भारतमा भने पाप पखाल्न अनौठो काम भएको छ । पाप पखाल्नेहरु सयौं व्यक्तिसँग यौन सम्पर्क गर्दै आएका नगरबधुहरु छन् ।




भारतको वारणासीलाईहिन्दुहरुले पवित्र स्थान मान्ने गरेका छन् । वारणासीको काशीमा तिर्थ भर्न जाने हिन्दुहरुको संख्या लाखौं हुने गरेको छ । त्यही कासीमा वेश्याहरुले पनि अनौठो कार्य गरेका छन् । bess

यौन कार्य मार्फत् गरिएका पापहरुबाट मोक्ष प्राप्तीकालागि भन्दै भारतका वेश्याहरुले मशानघाटमा रातभरी नाचगानको आयोजना गरेका हुन् ।

मणिकर्णिका श्मसानघाटमा रहेको मशान बाबा मन्दिरमा उनीहरुले साधना तथा नाचगान कार्यक्रम राखेका थिए ।

केहि अघि भएको उक्त साधनामार्फत पापबाट मुक्ति पाउनकालागि मुम्बइ, चदौली, मिर्जापुर, राजस्थान, उत्तरखण्ड, विहार, दिल्ली लगायतका स्थानबाट बेश्याहरु त्यहाँ पुगेका थिए ।



उनीहरुले त्यहाँ श्मशान बाबालाई श्रृंगार पटार गरी पुजा गर्दै मसानघाटमा रहेको चिताहरुको छेउमा रातभर संगीतमय नृत्य गरे । बेश्याहरुको यो हर्कतलाई प्रशासनले सामान्य रुपमा लिएको थियो । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.