के पछिसम्म पनि यस्तै रहला काठमाडौँ उपत्यका ? यसमा तपाईको प्रतिक्रिया....

१३ मंसिर, काठमाडौँ ।

सार्क सम्मेलन समापनको अर्को दिन शुक्रबार उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले नियमित गर्दै आएको सरसफाइ र बिरुवामा पानी हाल्ने काम गरेनन्।



अघिल्लो दिनको तुलनामा शुक्रबार सार्कका बेला चिटिक्क पारिएका सडक केही फोहोर देखिए। पानी नहालेका कारण सडकका बिरुवा ओइलाए। यसले गर्दा सार्क समापनसँगै राजधानीको सौन्दर्य र सरसफाइमा ह्रास आउने हो कि भन्ने चिन्ता आमजनतामा परेको छ।

महानगरपालिकासँग एक हजार दुई सय सफाइ कर्मचारी, तीनवटा बुमर र चारवटा हाइड्रोलिक ट्रिपर छन् तर तिनले 'सार्कको ह्याङओभर' भन्दै शुक्रबार काम नगरेका हुन्।

महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमुख हरि कुँवरले 'के हुँदो रहेछ भनेर एक दिन ब्रेक गरेको' बताए। 'हामीले पनि समीक्षा ग:यौं, अब नियमित फोहोर टिपनटापन गर्न कर्मचारी खटाउने निर्णय भएको छ। काठमाडौंको अवस्था सार्कको बेलाजस्तै रहनेछ', कुँवरले भने।


महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले नगर सफा नियमित सरसफाइ र अनुगमन अनिवार्य भएको बताए। 'गरे असम्भव केही हुँदो रहेनछ। सार्कका बेला नगरको मुहारै फेरियो। अब यही अवस्था कायम रा न सफाइको कामलाई निरन्तरता दिनुपर्छ भन्ने निर्णयमा पुगेका छौं', उनले भने।

प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले शुक्रबार पानी नहालेकाले सडककिनार र बीचमा रोपिएका बोटबिरुवा केही ओइलाएजस्तो देखिएको बताए। उनले निर्माण भएका बगैंचा संरक्षणका लागि चाँडै विभिन्न निकायलाई हस्तान्तरण गरेपछि यस्तो अवस्था नआउने बताए। 'सधैं पानी हाल्ने होइन। आज हालेनन् होला, भोलि हाल्न लगाउँछु', आजको अन्नपूर्ण पोस्ट मे खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.