मोटरसाइकल दाइजो नदिएको झोकमा श्रीमतिको हत्यापछि शव लिएर फरार


सर्लाही— विवाहमा माइती पक्षले दाइजोमा मोटरसाइकल र फर्निचर नदिएको झोकमा सर्लाहीका एक पुरुषले श्रीमतिको हत्या गरि शव लिएर फरार भएका छन् । सर्लाहीाका रामप्रवेशले १९ दिनअघि श्रीमतिको हत्या गरि शव लिएर फरार भएका छन् ।   विवाह भएको दश वर्षपछि दाइजोमा मोटर साइकल र फर्निचर नल्याएको भन्दै श्रीमतीको हत्या गरेका हुन् ।

 हत्यापछि श्रमतिको शव र उनको कुनै पत्तो लाग्न सकेको छैन । ०६२ अषढ १७ गते पुनमसँग बिवाह गरेको रामप्रवेशले दाइजोमा नल्याएको भन्दै पटक–पटक कुटपिट गर्दै यातना दिदै आएका थिए। ०७१ कात्तिक २३ गते आइतबार समान्य घरायसि विवादमा कुटपिट गरी श्रीमानले पुनमलाई घाइते बनाएका थिए। कुटपिटको खबर पाएपछि छोरी पुनमलाई उपचार गराउन मधुवनगोठ पुगेका बुवा मुर्तीया–४ का रामप्रसाद महतोलाई सम्धी भोला महतोले हातपात गरी घरबाट निकालेका थिए।

कुटपिटबाट घाइते भएकी छोरीलाई उपचार गराउन लिएर जान खोज्दा उल्टै दुव्र्यवहार भएको घटना स्थानीयलाई जानकारी गराउन गएको मौका छोपेर श्रीमान रामप्रवेशले दुई लाठीले घाटी थिचेर पुनमको हत्या गरेको जनाइएको छ। ुघरमा आउँदा अचेत अवस्थामा रहेकी छोरीलाई टेम्पोमा राखेर उपचारका लागि मेजरगंजतर्फ लिएर जादै थियौं मृतक पुनमका बुवा रामप्रसाद महतोले भने–टेम्पोमा म पनि चढेर मेजगंज पुगे। मेजरगंजको क्लिनिकमा पुग्दा डाक्टरले छोरीलाई मृत घोषण गरेपछि ज्वाइँले पुन टेम्पोमा शव राखेर फरार भए।
क्लिनिकबाट फर्किदा छोरीको शव लिएर टेम्पो चढेका बुवा रामप्रसादलाई बाटोमा गुडिरहेको टेम्पोबाट ज्वाइँ अमरप्रसादले धकेलेर लडाएका थिए। ससुरालाई बाटोमा लडाएर टेम्पो नेपालतर्फ नल्याइ भारततर्फ नै लिएर भागेको उनले बताए।
यता श्रीमतीको कुटपिटबाट मृत्यु भएपछि श्रीमान सहित परिवारका सबै सदस्य फरार भएकोले भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सुदम सिजापतीले बताए । मृतक पुनमको ८ महिने नबालक छोरा सहित तीन छोराछोरी छन्। एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.