उत्तर कोरियामा स्थानीय निकायको निर्वाचन हुँदै

साम्यवादी अधिनायकवादी मुलुककोरुपमा चिनिएको उत्तर कोरियामा आईतवार स्थानीय निकायको निर्वाचन भईरहेको छ । सन् २०११ मा नयाँ नेतृत्व सत्तामा आए यताको यो पहिलो स्थानीय निर्वाचन हो । हुन त उत्तर कोरियामा हुने जुनकुनै निर्वाचनप्रति विश्व समुदायले त्यति विश्वास गर्दैन । सञ्चार माध्यामहरुले उल्लेख गरे अनुसार सन् २०११ मा ३१ बर्षीय किम जोङ्ग उन सत्तामा आएपछि थोरै भएपनि केही परिवर्तन हुने अपेक्षा अन्तर्राष्ट्रिय समुदायले गरेको थियो । तर नयाँ राष्ट्रपनि उनले यस अघिका नेतृत्वले जस्तै प्रजातान्त्रिक सुधारलाई अगाडि बढाउन चाहेनन् । आईतवार भईरहेको निर्वाचनमा प्रत्येक प्रान्त, सहर तथा स्थानीय निकायको लागि जनताले मतदान गरिरहेका छन् । चुनाव भनिएपनि जनताले स्वतन्त्ररुपमा मतदान गर्न पाउँदैनन् । त्यहाँको सत्ताले तोकेको उम्मेदवारलाईमात्र भोट दिनु पर्ने हुन्छ । उत्तर कोरियाको सत्तासिन कम्युनिष्ट पार्टीले तोकेको एक जनालाई मात्र जनताले मत दिनुपर्ने हुन्छ । त्यसकारणलेपनि उत्तर कोरियाको यस स्थानीय निर्वाचनलाई पश्चिमा सञ्चार माध्यमहरुले खुला नाटकको संज्ञा दिएका छन् । यस अघिको स्थानीय निवार्चन वर्तमान राष्ट्रपतिको पीता किम जोङ्ग इलको समयमा डिसेम्वर १७, २०११ मा भएको थियो । अति अनुदारभनि चिनिएका किम प्रतिपनि अमेरिका, बेलायत लगाएको पश्चिमा विश्व कहिल्यै सकारात्मक भएन् । सत्तारुढ पार्टीले तोकेको उम्मेदवारले ९५ प्रतिशत भोट सहित चुनाव जित्ने भएकोलेपनि पश्चिमा मिडियाहरुले उत्तर कोरियाको चुनावप्रति अत्याधिक नकरात्मक टिप्पणीहरु गर्दछन् । विश्वकै गरिव मुलुकहरुमध्ये पर्ने उत्तर कोरियामा सन् १९५३ मा कम्युनिष्ट सत्ता भए पश्चात आम जनता राजनीतिक, सामाजिक लगाएतका अधिकारहरुवाट वञ्चित रहदै आएका छन् । लाखौं जनता भोकमरीमा रहन वाध्य यस मुलकको सत्ताले अर्थतन्त्रको ठुलो हिस्सा आणविक हतियार निर्माणमा प्रयोग गरेको भन्दै पश्चिमा मिडियाहरुले आलोचना गर्दै आएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.