किन छातीको टाटु मेटाउन चाहन्छिन् सुष्मा कार्की ?


काठमडौं । आफ्नो देब्रे छातीमा सूर्य चित्रको टाटु र पछाडि ढाडमा पूर्वप्रेमीको नाम टाटुमार्फत खोपाएकी अभिनेत्री सुष्मा कार्कीलाई आजकाल यी टाटुबाट दिक्क लाग्न थालेको छ । त्यसैले उनी यी टाटु मेट्न चाहन्छिन् । केहीसमय अघिसम्म उनी हरेक जसो कार्यक्रममा उपस्थित हुँदा आफ्नो छातीको टाटु देखिने कपडा लगाउँथिन् ।

पछाडिपट्टिको टाटुपनि अरुले देखून् भन्ने उनी चाहन्थिन् । तर, समयसधैं उस्तै रहेन । गत वर्ष प्रेममा धोका खाएपछि उनलाई पूर्वप्रेमीको नामको टाटुदेखि दिक्क लाग्न थालेको हो । यसै प्रसंगमा उनले भनिन्, ‘छालामा असर नपर्ने भए म यो दुवै टाटु मेटिदिन्थे । नेपालमा पनि टाटु मेटिन्छ भन्ने त सुनेकी छु तर यसरी मेट्दा केही असर पर्छ कि भन्ने डर लागेको छ ।’

उनलाई छातीको टाटुभन्दा पनि पछाडिपट्टिको टाटु मेट्न हतार छ । आफूलाई धोका दिएर जाने प्रेमीलाई उनी अब अक्षरको रुपमा सधैं बोकेर हिँड्न चाहँदिनन् । आफ्नो प्रेमीको नाम शरीरमा खोपाउँदा उनलाई आफूहरुको प्रेम झन गाढा हुने विश्वास थियो । तर, त्यो विश्वास लामो समय टिकेन । प्रेमीले आफूलाई माया गर्नुको सट्टा मानसिक तनाव दिएपछि प्रेम सम्बन्ध तोडेको उनले केही समयअघि बताएकी थिइन् । छातीको टाटुको कारण उनका हातमा राम्रा ब्यानरका फिल्म पनि खोसिएका छन् । छातीको टाटु मेट्नुपर्ने प्रस्ताव आएपछि उनले सो टाटु मेट्न नसकेर फिल्म पनि छाड्नुपरेको हो । आफ्नो चिनारी नै छातीको टाटु बनेको पनि उनले बताइन् । तथापी, उनी छालामा असर नपर्ने हो भने सो टाटु पनि मेट्ने पक्षमा छिन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.