फिल्ममा सेक्स जरुरि छ भन्छिन् 'शुभेच्छा थापा'



नेपाली चलचित्र उद्योगमा सधैं चर्चामा आइरहने नायिका तथा निर्मात्री हुन् – शुभेच्छा थापा । माछाले वक्षस्थल छोपेर फोटो सुटु गरेर होस् वा निर्देशकसँगको विवादको कारण उनी चर्चामा आउने गरेकी छिन् । 'को हुँ म' र 'मिस नेपाल' जस्ता चलचित्र निर्माण गरिसकेकी थापाले तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरेकि छिन् । समय अनुसार फिल्म क्षेत्र परिर्वतन हुन आवश्यक रहेको उनले बताइन् ।

नायिका तथा निर्मात्री थापासँग गरिएको कुराकानी :

अहिले के मा ब्यस्त रहुन भएको छ ?

– 'टाइगर द रियल हिरो' प्रदर्शनको तयारीमा रहेको छ । त्यसको प्रचार प्रसारमा ब्यस्त रहेकि छु ।

नायिका बन्नको लागि फिल्म निर्माणमा सक्रिय हुनु भएको हो ?

– होइन । लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय भएको कारण यस क्षेत्रमा केही गरौं न भनेर फिल्म बनाएको हो । कथा अनुसार नै कलाकारको छनौट हुने त हो नि । आफ्नो लगानीमा आफैं नायिका हुने म पहिलो होइन । फेरि चलचित्रको कथा नै त्यस्तो छ कि म आफैं नायिका बन्नुपर्ने भयो ।

 आजभोलि चलचित्र ग्ल्यामर र भल्गर बन्दै गए नि ? –

चलचित्र भनेकै ग्ल्यामर क्षेत्र हो त्यसमा कुनै चिन्ता लिनु पर्दैन । ग्ल्यामर बिना चलचित्र चल्दैन पनि । सामान्य कथावस्तु भए पनि ग्ल्यामर बिना चलचित्र चल्न छाड्यो । तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यस्तै भल्गरको कुरा गर्दा कथाको आवश्यकता भए मात्र त्यो सिन दिनुपर्छ । त्यसलाई प्रस्तुत गर्दा पनि सकेसम्म जानी जानी गरेको जस्तो नभइ कथाअनुसार नै भल्गरता देखाउनु पर्छ । सबै ठाउँमा यसको जरुरी हुँदैन ।

चलचित्रमा सेक्स सीनलाई बढी प्राथमिकतामा राखिन्छ नि ?

– सेक्स एउटा आधारभूत आवश्यकताको वस्तु हो । तर त्यसलाई जहाँ पायो त्यही प्रस्तुत गर्नु उचित होइन । चलचित्रमा यसलाई थोरै भए पनि प्रस्तुत गरिएको हुन्छ वास्तवमा त्यो चलचित्र चलाउनका लागि गरिएको होला । तर सबै चलचित्रको कथाले सेक्स सीन मागेकै हुन्छ भन्ने चाहिँ होइन । चलचित्रको प्रोमोमा त्यो सीनलाई राखेर मार्केटिङ गरिन्छ तर चलचित्रले हावा खाइरहेको अवस्था छ ।

   अन्य नायिकाको तुलनामा तपाई धेरै किन विवाद पर्नुहुन्छ ?

 – मैले नचाहेर पनि पटक–पटक विवाद भएको छ । खै, किन म विवादमा पर्छु मलाई नै थाहा छैन । मैले गरेको त्यहीँ कार्य अरुले गर्दा विवाद र चर्चा नहुने तर, मेरो किन हुन्छ ?

फिल्म पाउन छोडेपछि तपाईले नग्नताको साहारा लिनु भएको हो भनिन्छ नि ?

– मैले फिल्म पाउन छोडेर त्यस्तो गरेको भन्नेमा कुनै सत्यता छैन । समय अनुसार फिल्म क्षेत्र पनि परिवर्तन हुनु पर्छ ।  ग्ल्यामरस तस्बिर खिचाउने चलन हलिउड÷बलिउडमा पुरानो भैसकेको छ । यो तस्बिरलाई नग्नताभन्दा पनि ग्ल्यामरस भन्नुपर्छ ।

  प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

 – प्रेम भनेको मानिसका लागि पहिलो र अन्तिम कुरा बाँच्ने आधार हो । यो आधार सबैका लागि जरुरी छ । घरपरिवार सबैबीच प्रेम हुनुपर्छ । यो बिना कोही पनि मानिस बाँच्न सक्दैन । त्यसले गर्दा मानव जीवनका लागि यो बाँच्ने बलियो आधार हो ।

 कुन उमेरमा गरिएको प्रेम सही हुन्छ ?

 – प्रेम र माया भन्ने कुरा जुनसुकै उमेरमा हुन सक्छ । तर यदि एउटा केटा र केटीबीचको माया प्रेम हो भने यो परिपक्व उमेरमा गरिएकै ठीक हुन्छ । टिनएजमा गरेको अचकल्टो हुन्छ । त्यस्तो प्रेम आफैंमा परिपक्व नहुन सक्छ । यो उमेरमा जीवनका बारेमा निर्णय गर्न सक्ने क्षमताको विकास पनि भएको हुँदैन ।

   सेक्सलाई चाहिँ कसरी परिभाषा कसरी गर्नुहुन्छ ?

 – मान्छेको लाइफ सेक्सबाटै सुरूआत हुन्छ । सेक्स भन्ने कुरा नहुने हो भने जीवन नै हुँदैन थियो । भगवानले केटा र केटी बनाइ दिएको नै जीवनको सुरूआत होस् भनेर हो । बिहे अगाडिको सेक्सलाई के भन्नुहुन्छ ? – म बिहे अगाडिको सेक्सलाई मान्दिनँ । हाम्रो सामाजिक संस्कारले पनि बिहे अगाडिको सेक्सलाई अनुमति दिँदैन । हामी जतिसुकै एड्भान्स भए पनि, जति खुला भए पनि हाम्रो संस्कार र संस्कृतिभन्दा बाहिर जान सकिँदैन । यसैले नै मानिसको जीवनलाई सुन्दर बनाएको छ र सेक्सको महत्वलाई बढाएको पनि छ ।

 फिल्ममा सेक्स जरुरी छ त ?

– फिल्ममा सेक्स जरुरी त छ तर त्यसलाई कसरी फिट गर्ने र प्रिजेन्ट गर्ने भन्ने कुरा हुन्छ । फिल्म मान्छेको जीवनलाई लिएरै बन्ने भएकाले जरुरी चाहिँ पक्कै छ । –प्रस्तुतीः सरोज बस्नेत

aajakokhabar.comf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.