सलमानको बहिनीको बिहेमा मोदीलाई निम्तो



मुम्बाई, कार्तिक १५ – बलिवुडका दबङ सलमान खानले आफ्नो बहिनीको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने भएका छन् । विवाहको निम्तो निम्तो दिन सलमान आफै मोदी भेट्न जाने भारतीय सञ्चार माध्यमले जनाएको छ ।   मोदी यस अघि धमेन्द्र र हेमा मालिनीका कान्छी छोरी अहानाको विवादमा सामेल भएका थिए । तर, त्यति बेला उनी प्रधानमन्त्री भने थिएनन् ।  

सलमानका बहिनी अर्पिता खानको विवाह यही नोभेम्बर महिनाको १८ तारिखका दिन तय भएको छ ।   हैदराबादको एक दरवारमा अरपिता र आयुसको विवाह हुने बताइएको छ । त्यही दिन सलमानका बुवा सलिम र आमा सल्माको विवाहको ५० वर्ष पूरा हुने भएकाले उक्त दिनलाई निकै धुमधाम साथ मनाउने तयारी गरिएको छ ।   विवाहमा वलिवुडका चर्चित अनुहारहरु पनि देखिनेछन् ।


www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.