हिममानव ‘यती'को खोजीमा जापानी टोली नेपालमा



काठमाडौँ, कार्तिक १५ – नेपालको हिमाली क्षेत्रमा रहेको विश्वास गरिएको हिममानव ‘यती’ले विश्वकै ध्यान आकृष्ट गर्न सफल भएको छ । हालै यतीको खोजी गर्न नेपाल आएको जापानी ‘एनएचके टेलिभिजन’को टोलीले प्रा रामकुमार पाँडेसँग चार घन्टा अन्र्तवार्ता लिएको छ । यतीसम्बन्धी अध्ययनमा व्यस्त प्रा पाँडे सन् १९७७ मा ‘यती टेल्स’ (यती भन्छ) र पछि क्रमशः थप दुई कृति ‘यती अकाउन्ट्स’ (यती विवरण) र ‘यती मिस्ट्री’ (यती रहस्य) गरी तीन कृति अङ्ग्रेजीमा लेखी प्रकाशनमा ल्याइसकेका छन् ।

चौथो पुस्तक यती सर्च (यतीको खोज)का लाग्नुभएका प्रा पाँडेका अनुसार यतीका बारेमा नेपालमा प्रशस्त जानकारी भएको र यसकै कारण विश्वको ध्यान नेपालमा बढिरहेको छ । “पर्यटकीय दृष्टिले पनि यसको व्यापक अध्ययन र अनुसन्धान गर्नुपर्छ, भुटानले जस्तै नेपाली यतीसम्बन्धी हुलाक टिकट प्रकाशनमा ल्याउनुपर्छ”, उचाइ भूगोलका प्रा पाँडेले सुझाव दिए । यती महालङ्गुर क्षेत्रका शेर्पा संस्कृतिमा अभिन्न रहे पनि यो हजारौँ वर्षअघिदेखि नेपालको हिमाली क्षेत्रका विभिन्न ठाउँमा रहेको र यसबारे पर्वतारोहीहरूले प्रकाश पारेका छन् । दुर्गम क्षेत्रका बासिन्दालाई समेत यसबारे जानकारी छ ।


www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.