मोदी विशेष विमानबाट काठमाडौं ओर्लिए

काठमाडौं, मंसिर ९ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । भारतबाट विशेष विमानमा उनी काठमाडौं आइपुगेका हुन् । मोदी विशेष विमानमार्फत तीनबजे काठमाडौं आएका हुन्।



नेपाल आएपछि उनी दिनभर व्यस्त रहने भारतीय दूतावासले जनाएको छ । विमानस्थलमा ओर्लिने बित्तिकै उनी सोल्टी होटल गएर एक घण्टा आराम गर्नेछन् र नेपाल सरकारलाई सहयोग स्वरुप दिएको हेलिकप्टर टुँडिखेलमा प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गरिने बताइएको छ ।

टुँडिखेलमा ३:३० बजे हेलिकप्टर हस्तान्तरण गरेपछि उनी त्यही छेउमा रहेको ट्रमासेन्टरलाई हस्तान्तरण गर्नेछन् । ६ वर्षदेखि निर्माण अवस्थामा रहेको ट्रमा सेन्टर भारतले हस्तान्तरण नगर्दा सुचारु हुन सकिरहेको थिएन । मोदीले उद्घाटन गर्ने लगतै ट्रमासेन्टरमा उपचार कार्य सुरु हुने बताईएको छ ।

ट्रमासेन्टर उद्घाटनपछि प्रधानमन्त्री सिंहदरबार पुग्नेछन् र त्यहाँ दिल्ली र काठमाडौंका लागि गुड्ने बसको उद्घाटन गर्नेछन् । दिल्लीका लागि जाने बसलाई हरियो झण्डा देखाएर उद्घाटन गरिने बताइएको छ । सिंहदरबारको कार्यक्रम सकाएर उनी पुनः सोल्टी होटल फर्कने छन् ।


त्यसपछि राष्ट्रपति डा।रामवरण यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आज रात्रीभोजको आयोजना गरेका छन् । जनकपुरलगायत लुम्बनी र मुक्तिनाथको भ्रमण स्थगित गरेका मोदीलाई अरु देशका राष्ट्र प्रमुखलाई नबोलाई मोदीका लागि विशेष भोजको आयोजना गरेको भारतीय दूतावास स्रोतले जनाएको छ । साँझ पाँच बजेपछि हुने भोजमा अन्य कसैलाई बोलाइएको छैन । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.