छविको सरप्राइजबाट डाँको छोडिन् शिल्पाले



मंगलबार, मंसिर ९,
निर्माता छविराज ओझाले आफ्नो ५० औं जन्म दिनको अवसर पारेर सबैलाई सरप्राइज दिने भन्दै बोलाएका थिए । यसले सबैलाई खुल्दुली त बनाएको थियो तर नायिका शिल्पा पोख्रेल जति डर अरुलाई लागेको थिएन किनकि केहि समय देखि उनको नाम छबि संग जोडिँदै आएको छ  ।

छविराजले पनि शिल्पाले आफुलाई स्वीकार गरे आफुले नाइँ नभन्ने प्रतिक्रिया दिदै आएका थिए ।  यहि कारणले शिल्पा डराएकी हुन् ,कतै आफुलाई छविले प्रेम प्रस्ताव त राख्ने हैनन भनेर । तर, जब कार्यक्रममा छविले बिहेको नभई आफ्नो जन्मदिनको खुशी साट्न बोलाएको भन्ने थाहा भयो उनको मन ढुक्क भयो ।

 शिल्पा केही खुशी देखिइन् । तर, जब कार्यक्रम संचालक नरेश भट्टराइले छवि ओझा हरेक कुरामा सफल भएपनि बिहेको मामालामा असफल भएको कुरा गर्न थाले, शिल्पाको आँखा भिज्यो । उनले छविको जीवनलाई केहि बुझेको जस्तो महशुश गरिन उनको त्यो अनुहारले पनि त्यहि संकेत गरेको थियो कि शिल्पाको मनमा पनि छबि प्रति केहि माया उब्जिएको छ ।

 बाहिर जे जस्ता चर्चा भएपनि शिल्पा छविलाई प्रेम गर्छिन् भन्ने त प्रष्ट हुन्छ । छविको घरवार सम्हाल्ने मान्छेको खोजी भैरहदा शिल्पाको आँखामा देखिएका आशुले यस्तै प्रमाणित गर्छन् । तर उनले छविलाई माया गरेको जसरि साथ दिन सक्छिन कि सक्दिनन भन्ने कुरा त उनको हातमा छ । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.