सलमानकी बहिनी भएकै कारण चर्चित अर्पिताको को को सँग पर्यो लभ (फोटो फिचर)
यतिबेला बलिउडमा सलमान खान भन्दा बढी उनकी बहिनीको चर्चा छ । सलमानकी बहिनी अर्पिताको विवाह आयुषसँग हुँदैछ । सलमानका हुनेवाला ज्वाइँ आयुष राजधानी नयाँ दिल्लीस्थित एक राजनीतिक परिवारसँग सम्बन्धित छन् । अर्पिता बलिउडमा त छैनिन् तर सलमानकी बहिनी भएकै कारण चर्चित उनका सम्बन्धहरु भने पटक पटक सार्वजनिक भएका थिए ।

अर्जुन कपुर
सलमानकी बहिनी अर्पिताका प्रथम प्रेमी थिए अर्जुन कपुर । बलिउड अभिनेता कपुर आमा मोना कपुरको निधनपछि लामो समय सम्म अर्पितासँग नजिक थिए । उनले अर्पिताका लागि आफ्नो पहिलो फिल्म ‘इशकजादे’ का लागि पुरै फिल्महल नै बुक गराएका थिए । तर उनीहरुको ब्रेक अप भयो । ‘2 स्टेट्स’ फिल्म रिलिज हुने समयमा अर्जुनले आफू र अर्पिता सम्बन्धमा रहेको स्वीकार गरेका थिए ।
निहार पाण्डेय
अर्पिताको नाम दिपीका पादुकोणका पूर्व प्रेमी निहार पाण्डेयसँग पनि जोडिएको थियो । अर्जुन कपुरसँग ब्रेकअप पछि अर्पिता मोडल निहार पाण्डेयसँग जोडिइन् । यो सम्बन्ध लामो समय चलेन ।

अंगत वेदी
त्यसैगरी उनको नाम क्रिकेटर अंगद बेदीसँग पनि जोडिएर चर्चामा आएको थियो । क्रिकेटर बिशन सिंहका छोरा बेदीसँग अर्पिताको चक्कर चलेपनि लामो समय टिकेन । सलमानको चलचित्र 'वान्टेड' को समयमा उनीहरुबीच निक्कै निकटता बढेको थियो ।

बरुण शशिराव
सलमानकी बहिनी मोडल वरुन शशिरावसँग जोडिएकी थिइन् । सन् २०१३ मा उनको नाम शशिरावसँग जोडेर चर्चामा तानिएको थियो । तर उनीहरुको सम्बन्ध पनि लामो टिकेन ।

आयुष
अव सलमानका ज्वाइँ बन्न लागेका आयुष र अर्पिताबीच यही वर्षकै शुरुमा भएङ्को थियो । उनीहरुको सम्बन्ध सार्वजनिक हुनासाथ सलमानले बहिनीको विवाह गरिदिने निर्णय गरेका हुन् ।

http://nepaliheadlines.com/2014-11-14-09-03-02.html#sthash.1WaABkDr.dpuf
0 comments
Write Down Your Responses