ट्राफिक प्रहरीसमक्ष दरबारमार्गमा युवतीको बिन्तीभाउ : लाइसेन्समा प्वाल नपारििदनूस्

काठमाडौ, कार्तिक ६ - असोज महिनाको दोस्रो साता । राती करबि १० बजेको थियो। महानगरीय ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुसामु अनुनयविनयको भाकामा सुकसुकाउँदै थिइन्, एक युवती। 'सजाय जस्तोसुकै  गर्नूस्, जरिवाना जति लाग्छ, गर्नूस् तर लाइसेन्समा प्वाल नपारििदनूस्,' बौद्ध घर बताउने ती युवती बिन्तीभाउ गररिहेकी थिइन्, 'बिहेपछि श्रीमान्ले रक्सी खाने बानी रहेको चाल पाउँछ।'

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्नेविरुद्ध ट्राफिक प्रहरीले अभियान सञ्चालन गरेपछि महिला मापसेको अनौठो तस्बिर सतहमा आएको छ। माथिको उदाहरण त्यसैको एउटा कडी हो। हाछेथुको अनुभवमा मादक पदार्थ सेवन गर्ने,  सवारी हाँक्ने र कारबाहीमा परेपछि गलफती गर्नेहरूको सूचीमा महिलाको संख्या सानो भए पनि त्यही संख्या सहरी समाजमा मापसे गर्ने महिलाको अवस्था बुभन काफी छ। तर, ज्ञातव्य रहोस्, मापसे अभियोगको कारबाहीमा पर्ने पुरुषको  संख्याका अगाडि महिलाको संख्या अति नै न्यून हो।

मंसिर ०६८ यता ८ सय ४९ महिला मापसे गरेर सवारी हाँकेकामा कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ। जबकि, सोही अवधिमा मापसे कारबाहीमा पर्नेहरूको कुल संख्या भने १ लाख ५६ हजार नाघेको छ।  महानगरीय ट्राफिक प्रहरी आयुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) केशव अधिकारी भन्छन्, "संख्या ठूलो होइन तर पनि यसले सहरी महिला मापसे गरी सवारी हाँक्छन् भन्ने देखाउँछ।"

प्रहरी कार्यालयको तथ्यांकले अघिल्लो वर्षभन्दा यसपालि मापसे गरेर सवारी हाँक्ने महिलाको संख्या बढेको देखाएको छ। जबकि, यसबीचमा मापसेविरुद्ध ट्राफिकले सबैभन्दा धेरै जनचेतनामूलक कार्यक्रम चलाइरहेको छ। आर्थिक वर्ष ०७० /७१ को साउन, भदौ र असोजका तीन महिनामा ३३ महिला सवारी चालक मापसेका कारण कारबाहीमा परेका छन्। जबकि, यो संख्या आर्थिक वर्ष ०७१/७२ मा ७६ छ। डीआईजी अधिकारी भन्छन्, "सुन्दा असामान्यजस्तो लाग्छ तर  मदिरा सेवन गरेर सवारीसाधन हाँक्ने महिला पनि छन्।"

असोजको अन्तिम साता महानगरीय ट्राफिक प्रहरी महाशाखाको सचेतनासम्बन्धी कक्षा दिने कोठाबाहिर पुग्दा दुई महिला मास्क लगाएर उभिएका थिए। मापसे गरेर सवारी हाँकेपछि कारबाहीमा परेका उनीहरू सचेतना कक्षा लिएर लाइसेन्स  हात पार्ने ध्याउन्नमा थिए। आफूलाई अविवाहित बताउने ती महिलाले नाम उल्लेख नगर्ने सर्तमा कारबाही गर्नु ठीक तर लाइसेन्स प्वाल पार्नु बेठीक रहेको जिकिर गरे। एउटीको तर्क थियो, "बिहेपछि श्रीमान्ले के भन्लान्?" तर, मदिरा  सेवन गर्नु महिलाको स्वतन्त्रताको कुरा रहेको बताउँदै तिनले आफ्नो तर्क पनि सुनाइन्, "पुरुषले रक्सी खान हुन्छ भने महिलाले किन नहुने?"

तीन वर्षअघि ट्राफिक प्रहरीले मापसेविरुद्ध अभियान थाल्दा हालका प्रहरी अतिरत्तिm महानिरीक्षक गणेश राई ट्राफिक प्रहरी प्रमुख थिए। सुरुका दिनमा उनी आफैंलाई अचम्म लागेको थियो, कस्ता कस्ता मान्छे कारबाहीमा पर्लान् भनेर।  "सुरुका दिनमा त ट्राफिक प्रहरी नै छक्क पर्थे, महिला पनि मापसे कारबाहीमा परेको देख्दा," राई भन्छन्, "तर, यो पनि सहरी जीवनको एउटा अंग रहेछ।" मापसे गर्ने र सवारी हाँक्न पनि हिम्मत गर्ने महिलाको संख्याले सहरी समाजका  महिलाको सोच, चेतना र आधुनिकतालाई मापन गर्न सहयोग गर्छ। राई सुनाउँछन्, "मापसे गरेर सवारीसाधन हाँक्ने महिला आर्थिक रूपमा सक्षम छन्।"

मापसे गरेर सवारी हाँक्नेहरू सबैभन्दा धेरै दरबारमार्गमा पक्राउ पर्छन्। त्यसको कारण दरबारमार्गमा रहेको पब, डिस्कोथेक र राती अबेरसम्म खुल्ने रेस्टुराँ नै हुन्। दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरीका नायब निरीक्षक खेमविक्रम केसीस ँग मापसेमा समातिएका महिलाले गर्ने व्यवहार र तिनका तर्कका अनेकन् फेहरस्ति छन्। मदिरा पिएर सवारी हाँक्ने सेलिबि्रटीदेखि ठूलाबडाका कैयन् छोरीबुहारीसँग उनको जम्काभेट भइसकेको छ।

केसीका अनुभवमा मदिरा सेवन गरेर सवारी हाँक्ने महिलामध्ये अधिकांश किशोरवयका हुन्छन्। मापसे गरेर सवारी हाँक्ने केटीहरू केटाजस्ता उद्दण्ड हुँदैनन्। केटाहरू ट्राफिक देखे हतपती भाग्न खोज्छन्, केटीहरू भाग्दैनन्। तर, ब्रेथलाइजर  -मादक पदार्थको परमिाण मापन गर्ने उपकरण) मुखभित्र राख्नै मान्दैनन्। ब्रेथलाइजरको प्रयोग गरेर मापसे जाँच्ने प्रविधि नहुन्जेल मुख नजिकै लगेर सुँघ्नुपर्ने अवस्था थियो। "त्यस बेला महिलाको मुखनजिकै गएर सुँघ्न साह्रै अप्ठ्यारो  हुन्थ्यो," केसी भन्छन्, "अहिले सजिलो छ तैपनि महिलाहरू मुखभित्र ब्रेथलाइजर राख्नै मान्दैनन्। राखिहाले फुक्न मान्दैनन्।"

मापसे गरेर सवारी हाँक्ने महिलाको सबैभन्दा धेरै सुरक्षाको चिन्ता काठमाडौँका ट्राफिकलाई नै हुन्छ। मापसे गरेको थाहा पाएपछि सवारी चलाउन दिने कुरै भएन। तर, ती चेलीबेटीलाई कसरी सुरक्षित घर पुर्‍याउने? प्रहरी निरीक्षक हाछेथु  भन्छन्, "मापसे गरेका केही महिला त आफूसँग पैसा नभएको र आफूलाई केही भएमा ट्राफिक नै जिम्मेवार हुनुपर्ने तर्क दिएर अड्को थाप्छन्। त्यस्तो बेला ट्राफिक आफँैले पैसा हालेर ट्याक्सी खोजेर घर पुर्‍याइदिनुपर्छ।"

मादक पदार्थ सेवन गरेर सवारी हाँकिरहेका चालक समात्न खटिएका प्रत्येक ट्राफिक प्रहरीसँग महिला मदिरा सेवनकर्ता फेला पर्दाका अनौठा अनुभूति छन्। मापसे गरेका महिलाका तर्क सम्झँदै केसी भन्छन्, "धेरैको तर्क के हुन्छ भने  मदिरा कहाँ खाएको छु र थोरै वाइन पो चाख्या हो?" दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागले सोह्रखुट्टे, ठमेल, जमल र दरबारमार्गसम्मका क्षेत्र हेर्छ। त्यस क्षेत्रमा एक वर्षमा मात्रै २ हजार ८ सय ९६ जना मापसे कारबाहीमा परेका थिए।  त्यसमा करबि पाँच प्रतिशत हिस्सा महिलाको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार पारेको मापसे चेकजाँच निर्देशिका, २०६९ का अनुसार मापसे कारबाहीमा परेकाले एक हजार रुपियाँ जरविाना र सचेतनासम्बन्धी कक्षामा अनिवार्य सहभागी हुनुपर्छ। यस्तो कक्षामा पुरुषहरू  सकेसम्म सहभागी हुन चाहन्नन् तर महिला भने त्यसको ठीक उल्टो देखिएका छन्। डीआईजी अधिकारी भन्छन्, "मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने महिला हतपती आफ्नो कागजपत्र दिनै इन्कार गर्छन्। तर, सचेतना कक्षा लिन भने  आनाकानी गर्दैनन्। ट्राफिकको नियन्त्रणमा रहेको लाइसेन्स छुटाउन पुरुषले जस्तो पहुँच वा शक्तिको प्रयोग पनि गर्दैनन्।"

मदिराको यस्तो खपत

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया शाखाले सन् २००४ मा ग्लोबल स्ट्याटस रिपोर्ट अन अल्कोहल तयार पार्दा नेपालका १६ जिल्लाका २ हजार ४ सय  घरधुरीका ४ हजार ९ सय ५९ मानिसमाझ सर्वेक्षण गरेको थियो । रिपोटर् मा भनिएको छ, 'झन्डै ३९ प्रतिशत नेपालीको घरधुरीमा मदिरा पिइन्छ, जसमध्ये २८ प्रतिशत महिला मदिरा पिउँछन् ।'

सहरमा भन्दा गाउँका महिलाले धेरै मदिरा पिउने तथ्यांक छ । "गाउँका एकतिहाइ महिलाले रक्सी पिउँदैनन् भने सहरमा त्यो प्रतिशत ३० रहेको छ । १० देखि १७ वर्ष उमेर समूहका मानिसमाझ ३० दिनसम्म गरिएको अवलोकनमा ९  दशमलव २ प्रतिशतले मदिरा पिए, जसमध्ये १० दशमलव १ प्रतिशत केटा थिए भने ७ दशमलव ९ प्रतिशत केटी । रिपोर्टमा भनिएको छ, 'त्यो उमेर समूहका आधाजसोले त १३ वर्षकै उमेरमा मदिरा चाखिसक्छन् ।'

०६८ मंसिरदेखि हालसम्मको कुल मापसे कारबाही

१,५६,८४३

राजस्व संकलन

१४,३२,०९०००

आर्थिक वर्ष ०७१/७२ को मापसे कारबाही

१०,००४

राजस्व संकलन

९९,७४,०००

०६८ मंसिरदेखि ०७१ असारसम्म मापसे कारबाहीमा पर्ने महिला

८४९

नेपाल साप्ताहिकबाट साभार



http://www.ekantipur.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.