ग्ल्यामरस दिदै नेपाली मोडल

सगुन शाहीको नाम सुन्नै बित्तिकै जो कोहीले हट मोडलको रुपमा बुझ्ने गरेका छन् । चलचित्र 'ढुवानी' मा  काम गरेपछि उनले निरन्तर रुपमा म्यूजिक भिडियोमा काम पाइरहेकी छिन् ।  मोडल शाही फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा बढी देखिएकी छिन् । थुप्रै लोकगीतमा मोडलिङ गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिन् । तर उनले सोचेजस्तो भएको छैन । चर्चित नायिका बन्ने लक्ष्यको साथ संघर्षरत नायिका शाहीले निरन्तर काम गर्न पाउँदा खुशी लागेको बताइन् । करिब ९० को हारहारीमा म्युजिक भिडियोमा काम गरिसकेकी यी मोडलले लोकगीतमा काम धेरै गरेकी छिन् । 'ढुवानी' पछि 'स्टूडेन्ट लाइफ' मा काम गरिसकेकी उनी अब 'मेरो मान्छे' मा काम गर्न लागेको बताउँछिन् । मोडल शाही ग्ल्यामरस रुपमा प्रस्तुत हुने गरेकी छिन् । 

प्रस्तुतिः सरोज बस्नेत
तस्बीरहरुः सगुन शाहीको फेसबुकबाट

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.