पिसाव गर्न खोज्दा भिरबाट लडेर ज्यान गयो

falling from cliff४ कात्तिक, पाल्पा । शौच गर्ने क्रममा पाल्पा जिल्लाको चिदीपानीमा एक व्यक्तिको भिरबाट खसेर मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै गर्दा सिद्धार्थ राजमार्गको चिदीपानीमा मोटरसाइकल रोकेर सडकको छेउमा शौच गर्ने क्रममा पोखरा उपमहानगरपालिका–५ का २२ वर्षीय सुजित गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   मदिरा सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने आशङ्का प्रहरीको रहेको छ । मोटरसाइकलमा दुई जना सवार थिए । अर्को व्यक्तिमा पोखरा उपमहानगरपालिकाका कुशल गुरुङ रहेको प्रहरीबाट थाहा भएको छ । रासस 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.