रोनाल्डोलाई फकाउन युनाइटेडका फ्यानले उडाए ‘घर आउ रोनाल्डो’ लेखेको ब्यानर
म्याड्रिड, असोज १२ – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पूरानो क्लब म्यान्चेस्टर युनाइटेड फर्काउने प्रयाससहित युनाइटेडका समर्थकहरुले रियलको खेलको दौरान आकाशमा ‘घर आउ रोनाल्डो’ लेखिएको ब्यानर आकाशमा उडाएका छन् ।

शनिबार रियल र भिल्लेरियालबीच भएको खेलको दौरान एल म्याड्रिगाल रंगशालामा उनीहरुले प्लेनमा राखेर उक्त ब्यानर उडाएका हुन् ।
यसका लागि विश्वभरका युनाइटेडका समर्थक रहेको ‘युनाइटेड रिल’ ले समर्थकहरुबाट डोनेसन उठाएका थिए ।
आफ्नो ट्वीटरमा लेख्दै युनाइटेड रिलले भनेको छ, ‘हामी रोनाल्डोलाई खेलाडी र मानिस, दुवै रुपमा मन पराउँछौं । उनलाई घर नफर्काएसम्म हामी हाम्रो अभियानलाई रोक्दैनौं ।
यसरी युनाइटेडका फ्यानले आकाशमा ब्यानर उडाएको पहिलो पटक भने होइन । यसअघि टोलीले खराब प्रदर्शन गरेपछि प्रशिक्षक डेभिड मोयेजको विरोधमा ‘मोयेज बाहिर’ भन्दै उनीहरुले यस्तै ब्यानर उडाएका थिए ।

रोनाल्डोले सन् २००९ मा ओल्ड ट्राफोर्ड छाड्दै त्यति बेलाको रकर्ड ८० मिलियन पाउण्डमा रियल म्याड्रिडसँग अनुबन्ध भएका थिए ।
रियलमा रोनाल्डो सफल रहे पनि पछिल्लो पटक ट्रान्सफरलाई लिएर रोनाल्डोले असन्तुष्टि जनाएपछि युनाइटेडका फ्यानमा रोनाल्डो पूरानो क्लब फर्कने आशा जगाएको थियो ।
युनाइटेडका वर्तमान प्रशिक्षक लुइस भान हालले पनि रोनाल्डोलाई आफू फर्काउन इच्छुक रहेको तर रियलले रोनाल्डोलाई नबेच्ने बताएका थिए ।
युनाइटेडले रोनाल्डोलाई फर्काउने खोजे उसले रियललाई लगभग १२० मिलियन पाउण्ड खर्च गर्नुपर्नेछ । अर्को सिजन रामाडाल फाल्काओलाई अनुबन्ध गर्न लागेको युनाइटेडका लागि यो महंगो डिल हुनसक्छ ।
0 comments
Write Down Your Responses