प्रमाण जलाएर खरानी पारे २२ करोड हिनामिनाका आरोपीहरुले

उदयपुर, असोज १२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ गर्न थालेपछि २२ करोड हिनामिना गरेको आरोप लागेका आरोपीहरुले आफ्ना प्रमाण जलाएर नष्ट पारिदिएका छन् । ओम हलेसी यातायात व्यावसायी संघका अध्यक्ष कृष्ण थापालगायतले अख्तियारमा परेको मुद्दामाथि छानविन हुन थालेपछि आरोप प्रमाणित हुने डरले प्रमाण खुल्ने सबै कागजात जलाएर खरानी पारेका हुन् ।
२२ करोड हिनामिना गरेको आरोप दावीसहित अख्तियारमा मुद्दा दायर गर्ने स्थानीयबासी सुरेन्द्र थापाका अनुसार शनिबार साँझ ६ बजे संघकै कार्यालयको बलेसीमा उनीहरुले केही कागजात जलाएका थिए भने केही कागजात कृष्ण थापा आफैले घर लिएर गएका छन् । जसको पुष्टि स्थानीय प्रशासनले पनि गरेको छ ।
20140927_192902
प्राप्त जानकारी अनुसार अख्तियार दुरुपायोग अनुसन्धान आयोगले स्थानीय प्रशासनलाई १५ दिनभित्र स्थलगत प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाउन भनी असोज ७ गते अख्तियारको चिठी प्राप्त भएपछि प्रस्तावित कटारी नगरपालिकाका सहायक प्रजिअ विकास सुन्दासले असोज ८ मा संघकै कार्यालयमा गएर आरोपी थापालगायतका सँग प्रारम्भिक सोधपुछ गरेका थिए ।
प्रारम्भिक सोधपुछको क्रममा विल भरपाईहरु हेर्दा धेरै त्रुटी पाइएको सहायक प्रजिअ विकास सुन्दासले बताएका छन् । उनले भने, ‘त्यसै कारण हुन सक्छ, आरोपीहरुले आफ्ना प्रमाण खुल्ने कागजात जलाएको ।’ स.प्रजिअ सुन्दासका अनुसार घटनापछि अहिले संघको कार्यालयलाई स्थानीय प्रशासनले कब्जामा लिएको छ र सिलबन्दी गरेर राखेको छ ।
06साँझ ६ बजेतिर कागजात जलाएको भएपनि प्रशासनलाई ७ बजेतिर मात्र खबर भएको थियो । ‘घटनास्थल पुग्दा कागजात जलिरहेको अवस्थामा पाइयो’, सुन्दासले रातोपाटीसँगको कुराकानीमा भने, ‘तत्कालै प्रशासनले आरोपी थापासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । अख्तियारले छानविन गरिरहेको अवस्थामा स्थानीय प्रशासनलाई जानकारी नै नगराइकन कार्यालयका कागजात किन जलाइयो ? यसबाट आरोपीमाथि थप शंका भएको छ । र, यस घटनाबाट आरोपीले आफै आरोपको पुष्टि गरेजस्तो भयो ।’ उनले थपे, ‘अब कागजात जलाइएको बारेमा स्पष्टीकरण लिन्छौं, र हामीले जलाइएको बारेमा लिएको मुचुल्काका आधारमा तयार पारेर दशैपछि लगत्तै हाम्रो जिम्मेवारी अनुसार अख्तियार दुरुपायोग अनुसन्धानको लागि १५ दिनको समयसीमा भित्र रहेर प्रारम्भिक प्रतिवेदन पठाउँछौं । बाँकी गर्ने काम अख्तियारले नै गर्छ ।’
AAropi Krishan Thapaभ्रष्टाचारका आरोपीहरु कृष्ण थापा, गणेश थापा र गोपी पराजुली मिलेर कागजात जलाइएकोले भ्रष्टाचारको प्रमाण खुल्ने कागजात नै जलाएको हुनसक्ने आशंका प्रशासनले गरेको छ ।
अख्तियारले छानिविनका लागि पठाएको पत्र क्षेत्रीय प्रशानबाट जिल्ला प्रशासन हुँदै इलाका प्रशासनमा पठाइएकोले प्रतिवेदन पनि तिनै निकाय हुँदै अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पुग्ने सहयायक प्रजिअ सुन्दासले जानकारी दिए ।
०५७ सालमा दर्ता भएको ओम हलेसी यातायात व्यवसायी संघको संस्थापक सचिव रहेका थापा ०६१ देखि हालसम्म संघको अध्यक्षमा रहेका छन् । उनले आफ्नो कार्यकालमा नयाँ ट्रक दर्ता शुल्क रकम, बस भाडा बापत रकम, भलाईकोष बापत रकम, ट्रिप शुल्क वापत रकम, ठाँटी सडक निर्माण बापत रकम, संघको जग्गा खरिद तथा घर निर्माण बापत रकम, संघको जेसिबी तथा काँटा खरीद बापतको रकम लगायतका शीर्षकमा गरी करिब २२ करोड रकम हिनामिना गरेको दावी अख्तियारमा परेको उजुरीमा उल्लेख छ । ०७१ बैशाख १२ गते दर्ता गरिएको उजुरीको दर्ता नं. ३६६ रहेको छ । यस घटनापछि अख्तियारले भ्रष्टाचारका आरोपीलाई प्रमाण नभेटिएको भनेर उन्मुक्ति दिन्छ कि गिरफ्तार गरेर कारबाही अगाडि बढाउँछ, त्यसका लागि भने अख्तियारका आगामी कदमलाई नै हेर्नुपर्ने हुन्छ ।
0102030405

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.