सिके राउतलाई ‘नेपाल आमा’को पत्र

मेसुदीप विश्वकर्मा
रो प्रिय पूत्र सि.के राउत, ‘‘मलाई थाहा छैन, एउटीck raut 1 (1) आमा छिन्नभिन्न हुँदा तिमीलाई कति दुख्छ तर,आफ्ना सन्तान छिन्नभिन्न हुँदा एउटी आमाले सहनै सक्दिन ।’’ र मलाई थाहा छ, मेरा कति सन्तानहरु हेपिन थिचिन र उत्पीडनमा परेका छन् । तर म चाहन्छु मेरा प्रत्येक सन्तानले बराबर सुख शान्ति र समृद्धीमा बााचुन् । तिमी मेरै कोखबाट जन्मीयांै,मेरै काखमा हुर्कियौ । तिमीले सात समुन्द्र पारीको शिक्षालयबाट विद्यता हासिल गर्‍यौ । तिमी जहाँ गएर जति शिक्षा लिएर आए पनि मेरो पूत्र हौ । तिमीलाई पूत्र भन्ने हक यो आमासँग जहिल्यै रहने छ । मेरो प्यारो पूत्र, तिमी जुन भूमिमा छौ,तिमीलाई त थाहा छ, त्यो भूमिको इतिहास । विद्यता हासिल गरेको मेरो छोरा तिमीलाई यो पनि थाहा छ ‘सन १९१४ नोभेम्बर १ मा अंग्रेजले नेपाल बिरुद्ध युद्ध घोषणा गर्नुको पछाडिका रहस्यहरु के थिए । अंग्रेजले मलाई पहाडमा मात्रै सिमित गरी मधेश आफ्नो कब्जामा पार्न चाहन्थ्यो । बुटवल र स्यूराजमा उसले आँखा गाड्नुका कारणहरुको विषयमा तिमीलाई पक्कै थाहा छ । त्यो दिन यो आमा कस्ती भइन् होला ? केही सय वर्षको इतिहासमा मेरा संवेदनशिल अंगमाथि कयौं पराइले लामो हात नगरेका होइन् । धेरै पढेलेखेका विद्धानले त्यति कुरा बुझेका छौ । कि विश्वको इतिहासमा तिम्री आमा यस्ती आमा हो । जसले एक रात होइन एकछीन पनि पराइसँग आफूलाई समर्पण गरेकी छैनन् । पटक पटक अंग्रेजहरुले म माथी गिद्धे नजर लगाउँदा तिमीहरुले कसरी लडेका थियौ । तिमीले अंग्रेजहरुको कब्जाबाट जोगाउँदा देखाएको साहस र विरतालाई संसारले प्रसंसा गरिरहेकै छन् । प्रिय छोरा मलाइ राणाहरुको दलदलबाट निकाल्न र स्वतन्त्र बनाउन, मलाई शान्ति र चयनमा राख्न २००७ साल देखि २०६२/६३ सम्म तिमीहरु एक ढिक्का भएका हौ । २०५२ देखि २०६३ सम्म तिमीहरुकै विचको काटमारले यो आमाको आशु कति बग्यो होला म शब्दमा भन्न सक्दिन । यसमा तिमीहरुको आ–आफ्नै बाध्यता हुनसक्छन् मलाई थाहा छ त्यो तिमीहरु विचको असमानताले जन्मीएको थियो । त्यतिबेलाका रगतका छिटाहरु अहिले पनि मेरो शरिरमा लतपतिएका छन् । त्यतिबेला पड्किएका बमका धमाकाहरुले अहिलेपनि म कापिरहेको छु । ६३ पछिको तिमीहरुको मिलापले म थामीएको थिएँ । प्रीय छोरा तर आज तिमी किन फेरी भड्कीन पुग्यौ । तिमी मेरै छोरो भएरपनि झड्केलो छोरो जस्तो हुन पुग्यौ र कसको रिसमा म सँग रिसाउन बाध्य भयौ । तिमीलाई त थाहा छ नि छोरा, आफ्नै सन्तानले ‘रन्डी’ भन्दा आमालाइ कस्तो होला ? विद्यत मेरो छोरा, आफ्नी आमाको छातीमा दुध आएन, आफ्नै आमाको न्यानो स्पर्ष पाइएन, कता कता झड्केलो छोरो जस्तो व्याबहार भोग्न पर्‍यो भनेर रिसायौ,चिडियौ र मनपरि बोल्यौ । यति सम्म एउटी आमाले सहन्छे । यतिसम्म तिमीलाई मैले माफ गरिरहने छु । यदि तिमी मेरो आफ्नै छोरो हुनका निम्ती त यो सब गरेका हौ भने । मलाइ नै टुक्राउने कुरा गर्‍यौ के तिमीले सोचेका छौ म आफैँमा कति टुक्रिएँ हूँला ? हिजो अंग्रेजले पटक पटक यो आमा माथी धावा बोल्दा तिमीहरुले जसरी एक ढिक्का भएर लडेका थियौ, त्यतिबेला यो आमाको छाति गर्भले उचो भएको थियो । एउटी आमालाई त्यो भन्दा खुशी के थियो होला ? एउटी आमा सन्तानको एकता ,समानता, भएको देख्न चहान्छीन् । तिमी आज म संग चिडिदा, थुनिनुपर्दा साह्रै दुख लागेको छ । उही तिम्री नेपाल आमा - See more at: http://www.ratopati.com/2014/09/23/169367.html#sthash.DlLC4wD1.2Lc66mJw.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.