यसरी बांधिए आयुशाको अंगालोमा संजिव

काठमाडौं, आश्विन ७ । ‘यो माया त हो नी, बोलकी गीत टेलिभिजन पर्दामा गुञ्जिन थालेपछि नायिका आयुशा राईको फेरी चर्चा सुरु भएको छ । भर्खरै रिलिज भएको ‘विर्खेलाई चिन्छस’ फिल्मबाट डेब्यू गरेकी आयुशासँग मोडल संजिव कुँवर पनि उसैगरी जमेका छन् ।
जर्मन बस्दै आएकी गायिका याङजी गुरुङको ‘राजै–२’मा समेटिएको यस गीत पनि धेरैको रोजाइमा परेको छ । सुरुवातमा ‘मनको भाषा मनले बुझ्छ’ मा भन्दै बसको यात्रामा रहेका आयुशा र संजिवले गज्जबको अभिनय गरेका छन् । दिपक लिम्बु र याङजीको स्वरमा सजिएको यस गीतका शब्द, संगीतले पनि राम्रो न्याय पाएको छ ।
शिवराज गुरुङको निर्देशनमा बनेको भिडियोको शब्द, संगीत पनि गुरुङ आफैले तयार पारेका हुन् । फोटो पत्रकार नबिन गुरुङले छायाङ्कन गरेको यस भिडियोलाई एसियन म्यूजिकले बजार व्यावस्थापन गरिरहेको छ ।
भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन । गायिका याङजीले गीत रेकर्डिङ साथै भिडियोमा धेरै मेहेनत परेकाले धेरै संगीतप्रेमीले रुचाइदिने विश्वास लिएकी छिन् ।  
- See more at: http://imagekhabar.com/samachar/detail/41670/33/.shtml#sthash.PSUwX4uQ.WB7jhj6K.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.