काठमाडौं, असोज ११ – आफ्ना छिमेकी देशहरुको तारिफ गर्न कहिले पछि नहट्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा पनि नेपालको प्रशंसा गरेका छन् । युद्धबाट शान्तितर्फ अग्रसर भएका देशहरुको प्रसंगमा मोदीले नेपालको सम्झना गरेका हुन् । आफ्नो सम्बोधनको शुरुवातमा नै उनले नेपाल हिंसाबाट लोकतान्त्रिक बाटोमा अग्रसर भएकोमा प्रशंसा गरेका थिए । हिन्दी भाषामा गरिएको मोदी सम्बोधमा उनले पाकिस्तानसँग आफू दुई पक्षीय वार्ता गर्न तयार रहेको र यसका लागि पाकिस्तानले पनि वातावरण तयार गर्नुपर्ने बताएका थिए । त्यस्तै उनले तीन सि – साइभर र स्पेशको आवधारणा अघि सार्दै तीनै क्षेत्र विश्वका लागि अवसर र चुनौती रहेको बताए । मोदीले सम्वोधनमा योग दिवसलाई अन्तराष्टिय दिवस बनाउनु पर्ने प्रस्ताव गरेका छन् । उनले संयुक्त राष्ट्र संघ हुँदा पनि जी–७ जी २० जस्ता संगठनको आवश्यकतामाथि प्रश्न उठाएका थिए । यसअघि, महासभा आयोजना स्थलबाहिर मोदी पुग्दा स्वतन्त्र कश्मिरको माग गर्दै नाराबाजी गरिएको थियो । त्यहाँ जनमत संग्रहको माग गर्दै एक समूहले नाराबाजी गरेका थिए ।
अमेरिकामा मोदीले सम्झे नेपाल
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses