नायिका श्वेता खड्काले अर्को फेसबुक स्टेटस लेखिन !!

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठको पत्नी तथा नायिका श्वेता खड्काका श्रीकृष्णको निधन पछि उनले श्रीलाई नसम्जेको सायद कुनै पल छैन होला । श्वेताले आफ्नो पिडा सामाजिक संजाल फेसबुक मार्फत बेला बेलामा पोख्ने गरेकी छिन् । केहि समय अघि आफुले भगवानले यस्तो दुख र पिडा दिए पनि अरुले यस्तो न दिनु भन्दै आफ्नो पिडा पोखेकी श्वेता सोमबार आफ्नो फेसबुक मार्फत आफुलाई दुखको घडिमा हौशला र आत्मबल बढाउन सहयोग गर्ने दर्शक महानुभावहरु , कलाकार , पत्रकार, मिडिया र अन्य सबै आभार प्रकट गरेकी छिन् ।
shweta khadka and shreekrishna shrestha
श्वेताले आफ्नो फेसबुकमा “मेरो जिन्दगिमा यस्तो कहालि लाग्दो घटना घट्ला भनेर मैले सोचेको पनि थिईन जुन मैले कहिँलेई पनि भुल्न सक्दिन , मैले जति नै प्रयास गरे पनि अब मेरो जिन्दगीमा सायद खुशी आउने छैन” समेत लेखेकी छिन् ।बिहे गरेको एक महिनामा नै पति गुमौना पुगेकी श्वेता दर्शक सामु छिटो भन्दा छिटो आउने कोसिस गर्ने बताएकी छिन् ।श्रीकृष्ण र स्वेता खड्का मुख्य अभिनय रहेको चलचित्र कोहिनुर अहिले छैटौ हप्तामा देश भर प्रदर्शन भई रहेको छ ।चलचित्र कोहिनुरले ११ करोड भन्दा बढिको व्यापार गर्न समेत सफल भएको छ ।shweta
पद्नुहोश  के लेखिन श्वेताले फेसबुकमा

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.