१०० भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा

भारतीय सेनाका १०० अधिकारीलाई चिनियाँ सेनाले बन्धक बनाएको आरोप भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय सीमाक्षेत्रमा प्रवेश गरी चिनियाँ सेनाले भारतीय सेनालाई नियन्त्रणमा लिएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
china india border
लद्दाखको चुमुर इलाकामा प्रवेश गरेको चिनियाँ जनमुक्ति सेना पीपुल्‍स लिबरेशन आर्मी (पीएलए)का ३०० सेनाले १०० भारतीय सैनिक जवानलाई घेरेर राखेको र उनीहरुलाई फर्किन नदिएको सञ्चार माध्यमको दावी छ ।

chinese army in india border
केही दिन अघि पनि चिनयाँ सेना भारतीय भूमिमा प्रवेश गरेको समाचार सार्वजनिक भएको थियो । यो वर्ष मात्र चिनयाँ सेना ३३४ पटक भारतीय भूमिमा प्रवेश गरेको सञ्चार माध्यमको दावी छ ।


यो घटनापछी भारत र चीनबीच सीमाक्षेत्रमा रहेको तनाव बढेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.