मागेरै एक करोड ७० लाख संकलन

मोरङका एक वृद्धले समाजसेवाका लागि मागेरै रु एक करोड ७० लाख सङ्कलन गरेका छन् । उनले सङ्कलन गरेको रकमले विराटनगर–११ स्थित अशोक चोकमा १० कट्ठा १३ धुर जमिन खरिद गरेको छ ।
 
त्यही जमिनमा उहाँले चार कोठाको तीनतले भवन निर्माण गरिसकेका छन् । विराटेश्वर वृद्धाश्रम सञ्चालन गर्न कठिन भएपछि समाजसेवी जगत अज्र्यालले वृद्धाश्रमको सहयोगका लागि दैनिक चन्दा सङ्कलन गर्न थालेका हुन् । विसं २०६० मा रकम सङ्कलन सुरु गर्न थालेका अज्र्यालले वृद्धवृद्धालाई राख्ने ठाउँको अभाव भएपछि उक्त भवनको निर्माण गरिएको अज्र्यालले बताए ।

विसं २०६० देखि सञ्चालित उक्त वृद्धाश्रममा ८५ वृद्धवृद्धा भएकामा ३५ जनाको मृत्यु भइसकेको छ । उनले वृद्धवृद्धालाई दूध खुवाउन पाँच गाई पनि पालेका छन्। । रासस

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.