उडीरहेको विमानमा आगो लागेको हल्ला चलेपछि .

मलेसियाको राजधानी क्वालालम्पुरबाट भारतीय सहर हैदराबादतर्फ उडेको विमान उडान नं एमएच १९८ बीच बाटोबाटनै फर्किएको उक्त एयरलाइन्सले बताएको छ । स्थानीय समयअनुसार शनिबार राती १०:२० मा उडेको विमान २ घन्टाको उडानपछि मध्य आकासबाटै Malaysia-airline-1फर्किइ क्वालालम्पुर विमानस्थलमा आइतबार बिहान २ बजे अवतरण गरेको जनाइएको छ । यता दुवै मुलुकका सञ्चार माध्यमले विमान आकासमै आगलागी भएको भनि तीव्र प्रचार गरेका थिए । मलेसियाली एयरलाइन्सले यसको खण्डन गर्दै विमानको एक प्रमुख यन्त्र अटो पाइलट सिस्टममा प्राविधिक गडबडी देखिनाले उडान अगाडी बढाउन जोखिम रहेकाले फर्काएको भनि विज्ञप्ति प्रकाशन गरिएको छ । यस सामान्य प्राविधिक गडबडीबाट यात्रु तथा विमानमा कुनै पनि क्षति नभएकोले यात्रु तथा आफन्तलाई निश्चिन्त रहन आग्रह समेत गरिएको थियो । विमान क्वालालम्पुरमा सुरक्षित अवतरण भएको र यात्रु तथा चालकदलका सदस्यको उचित प्रबन्ध मिलाइएको थियो । एयरलाइन्सले अर्को विमानबाट सो गन्तब्यतर्फ पुनः उडान गरिएको जानकारी दिइएको बताइएको छ । रासस,

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.