दुई बर्ष सम्म कहाँ हराइन ऋचा ?

काठमाडौं, भाद्र २९ ।  नायिका ऋचासिंह ठकुरी दुई वर्षपछि म्युजिक भिडियो मार्फत ग्ल्यामर क्षेत्रमा फर्केकी छिन् । शैलेन्द्र खोखाली निर्देशित म्युजिक भिडियोवाट उनले कमव्याक गरेकी हुन् ।
गायक सुमन कोयुको गीतवाट निर्देशक खोखालीले ऋचालाई भित्र्याएका हुन् । हालै कोयुको उक्त गीतको प्रोमो सार्वजनिक भएको छ । यसअघि दुईवटा एल्वम वजारमा ल्याइसकेका सुमनको यो म्युजिक भिडियो भने चौथो हो ।

 ‘अचार करेली’ वोलको उक्त गीतको म्युजिक भिडियोले दर्शकको मन जित्ने अपेक्षा गरेका छन्, निर्देशकले । ‘एकदमै राम्रो वनेको छ’ उनले संक्षिप्तमा भने, ‘राम्रो रेस्पोन्सको अपेक्षा गरेको छु ।’ भिडियो पत्रकार श्रीधर पौडेलले खिचेका हुन् । सिन्धुपाल्चोकको भोटेचौर आसपास छायाकन गरिएको म्युजिक भिडियो सविज मिडियाले उत्पादन गरेको हो ।
- See more at: http://imagekhabar.com/samachar/detail/41434/33/.shtml#sthash.VXJ7qson.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.