२९ भदौ, काठमाडौं ।
सत्ता साझेदार एमालेको अवरोधाका कारण मन्त्रीमण्डल विस्तार गर्ने प्रधानमन्त्री सुशील कोइरालाको तयारी अवरुद्ध भएको छ । प्रधानमन्त्री कोइरालाले कांग्रेस प्रवक्ता दिलेन्द्र बडुलाई विनाविभागीय मन्त्री बनाएर अस्ती मन्त्री बनेका महेश बस्नेत, दिपक चन्द्र अमात्यसहित सपथ खुवाउने तयारी गरेका थिए ।

मन्त्री मण्डल विस्तार गर्ने भए आफ्नो पार्टीबाट पनि मन्त्री थप गर्नु पर्ने अडान एमालेले राखेपछि प्रधानमन्त्रीको तयारी अवरुद्ध हुन पुगेको हो ।
प्रधानमन्त्री कोइरालाले शुक्रबार साँझ एमालेको सिफारिशमा मन्त्रीपरिषद हेरफेर गर्दै महेश बस्नेत र दीपकचन्द्र अमात्यलाई मन्त्री बनाएका थिए । उनीरुसँगै बडुलाई पनि मन्त्रीको शपथ गराउने प्रधानमन्त्रीको तयारी थियो ।
एमाले र कांग्रेसबीचको विवादमा बडु मन्त्री बन्ने बाटो रोकिएको छ भने बस्नेत र अमात्यले सपथ समेत लिन पाएका छैनन् ।
एमालेले भन्यो- मन्त्री थप्ने भए हाम्रो पनि थप्नु पर्छ नत्र मिल्दैन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses