जुवाडे पक्रन गएको प्रहरी सलाम ठोकेर फर्किएपछि

मोरङ,भदौ २९ – नेपालीमा एउटा उखान छ–ठुलालाई चैन, सानालाई ऐन । न्याय दिने सरकारी निकायको कार्यशैलीप्रति व्यंग गरेर बनाइएको यो उखान प्रायः हाम्रो देशमा लागु भइरहन्छ । पछिल्लो समय मोरङमा यो उखानको अलि बढी चरितार्थ भएको छ । मोरङ्गको बिराटनगरस्थित मोवाइल सम्प्रदायीक कम्पनी (एनसिएल)ले लगाएको मेलामा सार्वजनीक स्थलमा खुलेआम तास खेलीरहेको समुहलाई पक्राउ गर्न गएका प्रहरीहरुले उल्टै पक्राउ गर्न छाडेर सलाम गरेर फर्किएपछि अहिले मोरङमा यो उखानले बजार लिएको छ । बिराटनगरको डाउनटाउन क्लव परिसरमा शनिवार साँझ तास खेलिरहेको सूचना पाएलगत्तै भ्यानसहित पुगेको मोरङ्ग प्रहरीको टोलीले त्यहाँ पुगेपछि जुवाडेहरुलाई पक्राउ गर्नुका सट्टा उल्टै सलाम गरेर फर्किएको भन्दै स्थानीयहरुले आक्रोस पोखेका छन् । ‘सानालाई ऐन ठुलालाई चैन भनेको के रहेछ भनेको तर आज आफ्नै आँखाले देखियो’ जुवा खेलिरहेकालाई कारबाही नगरेर उल्टै सलाम गरेको देखेपछि स्थानीयहरु टिप्पणी गर्दै थिए । तास खेलेको सूचना पाएसँगै असइ तुलसी श्रेष्ठको नेतृत्वमा खटिएका प्रहरीले तास खेलीरहेकामध्ये १ जनाले आफनो भिजिटीङ्ग कार्ड देखाएपछि नियन्त्रणमा लिनुको साटो माफी माग्दै सलाम ठोकेर फर्किएको स्थानीय राम कार्कीले गुनासो गरे । तास खेल्नेमध्ये १ विशिष्ठ ब्याक्ति रहेको र रमाइलोको लागि मात्र खेलेको बताएपछि उनीहरुलाई पक्राउ नगरेको मोरङ्ग प्रहरीका असई तुलसी श्रेष्ठले बताए । उनले ती बरिष्ठ व्यक्ति को हुन् भन्नेबारेमा भने केही पनि बताएनन् । उता,क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रभु ढकालले भने घटना रहस्यमय रहेकोले यसबारे थप छानविन र अनुसन्धान भइरहेको बताए ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.