मलेसिया पठाइएको कन्टेनर धादिङ नपुग्दै खाली
राजधानीबाट सामान भरेर तेस्रो मुलुकका लागि हिँडेको ट्रकको कन्टेनर थानकोट काट्नासाथ रित्तो भेटिएपछि राज्य संयन्त्रसँगको मिलेमतोमा अवैध सामानको तस्करीलाई वैधानिकता दिने खतरनाक घटना अनुसन्धानको दायरामा आएको छ ।
घटना यही भदौ २० गतेको हो । भारतबाट एउटा ट्रक सामान बोक्ने कन्टेनरसहित वीरगन्ज नाकाबाट नेपाल पस्यो । बेलाबेलामा कुनै सुरक्षा निकायले स्कटिङ गरेझै गरी सुरक्षाका गाडी अघिपछि हुँदै काठमाडौं छिर्यो । भोलिपल्टै उक्त ट्रकमा चार हजार केजी चिया भरियो । त्यसपछि उसैगरी ट्रक लाग्यो वीरगन्जतिरै ।
सुरक्षासमेत दिइएको आभास पाएपछि प्रहरीको विशेष व्युरोको टोलीले त्यसलाई थानकोटदेखि निगरानीमा राख्यो । धादिङको गजुरी पुगेपछि त्यसको परीक्षण गर्दा ट्रक उस्तै खाली थियो तर कन्टेनरमा भन्सारको छापमात्र होइन कोलकाता हुँदै मलेसियासम्म निर्वाध पुग्न सक्नेगरी विमानस्थल भन्सारको पत्र पनि त्यही रहेको छ ।
प्रहरी स्रोतका अनुसार काठमाडौं आउँदा र र्फकदा कुनै सुरक्षा निकायकै सहयोग र सुरक्षा दिएजस्तो देखिएपछि विशेष व्युरोको टोलीले गजुरीमा ट्रक रोकेर खानतलासी गरेको थियो । त्यस क्रममा ट्रकका ड्राइभरमात्र फेला परे तर उनको साथमा भन्सारका सक्कली कागजात थिए । विमानस्थलमा लोड गरेको सामान नक्खुतिरै निकालेर खाली कन्टेनर लगेको बयान ड्राइभरले दिएका छन् ।
यो प्रकरणको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विधाग हरिहरभवनका निर्देशक कालीप्रसाद पोख्रेलले कन्टेनर किन खाली गरियो भन्ने खुल्न बाँकी रहेको बताए । उनका अनुसार चार हजार केजी चिया मणिराम पुरी भन्ने व्यक्तिले सिल भइसकेको कन्टेनरबाट झिकेर लगेकेा थाहा पाएपछि पुरीलाई भदौ २६ गते पक्राउ गरिएको छ । ‘उनीसँग प्रारम्भिक बयानमात्रै लिइएको छ,’ निर्देशक पोखरेलले भने, ‘एयरपोर्टले निकासी दिएको छ तर सामान छैन् ।’अन्नपूर्ण पोस्टमा खबर छ ।
.jpg)
0 comments
Write Down Your Responses