बन्ने संबिधानमा भ्रष्टाचारीले आजिवन चुनाव लड्न नपाउने !!

Corruptकाठमाडौ, भाद्र १८ - अब बन्ने संबिधानमा भ्रष्टाचारीले आजिवन चुनाव नपाउने प्रावधान राख्न दलहरु सहमत भएका छन् । आज विहान बसेको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको वैठकले  यो बिषयमा सहमति गरेको हो ।
विद्यमान कानुन अनुसार अदालतबाट भ्रष्टाचार आरोप प्रमाणित भइ सजाय पाएका व्यक्तिले ६ बर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै समिति सभापति बाबुराम भट्टराईले भ्रष्टाचारीलाई आजिवन उम्मेदवार बन्नबाट प्रतिबन्ध लगाउन सहमति जुटेको बताए ।
भ्रष्टाचारसहित नैतिक पतन हुने तथा गम्भीर अभियोग प्रमाणित भएकाहरुले पनि आजिवन उम्मेदवार बन्न पाउने छैनन् ।
आजै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीशलगायत संबैधानिक निकायका पदाधिकारीको महाअभियोग सम्बन्धी बिषयमा पनि सममति जुटेको छ ।
गम्भीर अभियोग लागेका पदाधिकारीलाई तल्लो र माथिल्लो सदनको दुई तिहाई बहुमतले हटाउन महाअभियोग लगाएर हटाउन सक्ने प्रावधान राख्न सहमति जुटेको हो ।
महाअभियोग लगाएर हटाइएका पदाधिकारी कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी प्रावधान राख्न सहमति जुटेको सभापति भट्टराईले जानकारी दिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.