फेसबुक चलाउँदा होसियार,फसियला !

facebookयाहु’…म घरमा आज एक्लै छु। बुबा–ममि सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।’ केही दिनअघि राजधानीको एक उच्च माविमा अध्ययनरत एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो ‘स्टाटस’ लेखिन्। ती किशोरीलाई ‘फलो’ गरिरहेका केही केटाहरू मौकाको फाइदा उठाउन सकिने देखेर तुरून्तै उनको घरतिर दौडिए। एक्लै रहेकी किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप कसे। घटना दुई कतिपय किशोर–किशोरीमा आफ्नो मिल्ने साथीलाई फेसकु पासवर्ड आदानप्रदान गर्ने बानी छ। यही बानीका कारण राजधानीकै एक उच्च घरानाकी किशोरी नराम्ररी फसिन्। ति किशोरले गर्लफ्रेन्डको फोटो, नाम र उनको फोन नम्बर राखेर फेसबुक पेजमार्फत ‘सेक्स वर्कर’ बनाइदिए। घटना तीन उपत्यकाकै एक नामी प्लसटुमा पढ्ने एक युवकले सूचना प्रविधिको दुरूपयोग गर्दै एक ग्राहकको बैक एकाउन्ट ह्याक गरेर सबै रकम झिके।महानगरीय प्रहरी अपराध महाशाखा, साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपतिकुमार राय सूचना प्रविधिको दुरूपयोगले बढ्दो साइबर क्राइमका फेहरिस्त सुनाउँदै थिए, माइतिघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई एसेम्ब्ली समयमा। घटना विवरण सुनेर विद्यार्थीहरू जिब्रो टोकिरहेका थिए। फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभाबी स्टाटस लेख्ने, जिस्कने, नजिकका साथीलाई पासवर्ड आदानप्रदान गर्नेजस्ता आफ्नै प्रवृत्ति सम्झेर उनीहरू झसङ्ग भए–कसो फसिएन। सूचना प्रविधिको अत्यधिक प्रयोग गर्ने वर्ग टिनएजरमा साइबर क्राइमसम्बन्धी चेतना बाँड्न अहिले प्रहरीले अभियान नै चलाएको छ । अभियानको केन्द्रबिन्दु प्लस टु र कलेज अध्ययनरत विद्यार्थीहरुलाई बनाइएको आजको नागरिक दैनिकमा खबर छ । - See more at: http://www.ratopati.com/2014/10/19/175388.html#sthash.Bp9wNupv.HDOhjTBp.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.