डेढ महिनामा सय जनाको मृत्यु, सिण्डिकेट अन्त्य गर्न निर्देशन

काठमाडौं, कार्तिक १६ ।  बितेको डेढ महिनाको अवधिमा देशमा भएका एक दर्जन ठूला दुर्घटनाबाट मात्रै झण्डै एक सय जनाको मृत्यु भएको छ । भौतिक पूर्वधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार गएको असोजदेखि कात्तिकको दोश्रो सातासम्म गुल्मी, मकवानपुर, प्यूठान, म्याग्दी, धादिङ, डोटी, काठमाडौं, दैलेख, नुवाकोट, ओखलढुङ्गा र स्याङ्जामा भएका दुर्घटनामा परी ९७जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यकामा मात्र यस अवधिमा भएका ५ सय ४४ दुर्घटनामा १८ जनाको मृत्यु भएको ट्राफिक प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । यी दुर्घटनामा गम्भीर २४ सहित ३८६ जना घाइते भएका थिए ।
डेढ महिनाको अवधिका देशमा भएका तीन ठूला दुर्घटनामा मात्र ५६ जनाको मृत्यु भयो । जसमा असोज २० गते डोटीको छतिवनमा भएको दुर्घटनामा २९, कात्तिक ७ गते नुवाकोटको बेल्कोटमा १४ र असोज ७ गते म्याग्दीकोे चिस्ताङमा भएको दुर्घटनामा १३ जनाले ज्यान गुमाएका थिए ।
संसदको विकास समितिमा दुर्घटनाबारे जानकारी दिंदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सवारी दुर्घटनामा तीब्र गति, चालकको लापरवाही, क्षमताभन्दा धेरै यात्रु बोक्नु कारण जनाउँदै दोषीलाई कडा कारबाही गरिने बताए ।
विकास समितिले भने सार्वजनिक यातायातमा यात्रुहरुको हित प्रबद्र्धन गर्ने गरी सहज सेवा दिन मन्त्रालयलाई दुई महिनाभित्र ऐन परिमार्जनको विधेयक ल्याउन र सवारी साधनको सिण्डिकेट अन्त्य गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले सार्वजनिक यातायात सेवामा यात्रुलाई सहज बनाउन सिण्डिकेट अन्त्य गर्न भौतिक योजना तथा निर्माण मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
- See more at: http://imagekhabar.com/samachar/detail/42680/29/.shtml#sthash.kobuxJUE.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.