सुस्तमनस्थिती भएकी युवतीमाथि बलात्कार

पाँचथर । पछिल्लो समयमा विभिन्न स्थानहरुमा बलात्कारका घटनाहरु व्यापक रुपमा घटिरहेको छ । केहि दिन यति मात्र दर्जनौ महिनाहरु बलात्कारको शिकार बन्नु परेको छ । यस विषयलाई राज्यले राम्रो सगँ ध्यान

नदिदाँ दिनहुँ नेपाली चेलीहरु बलात्कारको शिकार बन्नु परिरहेको सरोकारवालाहरु बताउछन् । त्यहि क्रममा पाँचथरको एकतिन ८ मा एक युवतीमाथि पनि बलात्कार भएको छ । शारिरीक रुपमा कमजोर सुस्तमनस्थिती २३ वर्षीया युवतीमाथि स्थानीय भवानी लावतीले करणी गरेको पीडितका आफन्तले प्रहरीमा गरेको जाहेरी पछि घटना वाहिर सार्वजनिक भएको हो । वलात्कार गरी लावती फरार रहेको र उनको खोजी कार्य प्रहरी चौकी जोरपोखरी जारी राखेको बताइएको छ । वलात्कारको अभियोग लागेका लावतीलाई जवरजस्ती करणको महल अन्तर्गत ५ वर्ष देखि ७ वर्षसम्म कैद सजाय हुने बताइएको छ

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.