माल पाएर पनि चाल नपाएपछि.....

काठमाडौं । 
०५१ सालमा उपेन्द्र महतो र कृष्ण आचार्यजस्ता धनाढ्यहरुको पैसा लगनी गरेर पत्रिका चलाउन खोज्दा जिल खाएको एमालेको सिको टिप्दै एमाओवादी त्यसको २० वर्षपछि आएर बल्ल चेतबाबा काशी हुँदैछ ।

व्यवस्थापन राम्रो भएन भने पैसाले मात्र थेग्दो रहेनछ भन्ने कुराको ताजा उदाहरण थियो सगरमाथा र एभरेष्ट हेराल्ड दैनिकको शहादत । मूलधारका मिडियालले माया नगरेको भन्दै जथाभावी रेडियो र पत्रपत्रिका चलाउँदा एमाओवादकिो लगानी बालुवामा पानी हुन लागेको हो । पाँचतारे होटल याक एण्ड यतिकै छेउमा छ उसको सबैभन्दा ठूलो रेडियो स्टेशन मैत्री एफ.एम । जसलाई अहिले तीन करोडमा बिक्री गर्न लागिएको छ ।
radio
२१ जना कर्मचारी मासिक खर्च ५ लाख । केही समयअघिसम्म चीनले २ लाखको दरले उपलब्ध गराउँथ्यो । त्यो निकाशा बन्द भयो । अमृत उपाध्याय जापान भासिए । कल्पना बिसुराल र सचन रोक्काहरुलाई तलब दिन छाडियो ।

देशभरका ४०० सामुदायिक रेडियोमध्ये ५० वटा एमाओवादीनिकट छन् । जसमध्ये जनआवाज नेपालगञ्ज र हिमाल एफ.एम सुर्खेत बन्द भइसकेका छन भने अन्यको हालत चिहिलबिहिल छ ।

आजको जनआस्था साप्ताहिक लेख्छ, वैद्यनिकट काठमाडौंको मिर्मिरे, सुदूर पश्चिमको एउटा र धरानको रेडियो गणतन्त्र कसरी चलेका हुन् तिनलाई नै थाहा होला । सबै एम.एम मा २४ देखि ६० लाखसम्मको हिसाबले रेडियो क्षेत्रमा एमाओवादीको डेढ अर्ब लगानी छ । तर रहरै रहरमा खुलेका यी रेडियोलाई टिकाउने उपाय भने प्रचण्डले निकाल्न भ्याइ हालेका छैनन् । किनकि विज्ञापनको बजार सानो छ, थैलो पनि रित्तिँदै गएको स्थिति छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-12-02-35-34.html#sthash.cbVlnxbW.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.