७ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या

काभ्रेको उग्रतारा जनागाल–७ धनेश्वरमा ७ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको ४ दिनपछि घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पनौती नगरपालिका वडा नम्बर २ का १८ वर्षीय रोशन बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो ।


बोगटीले आफू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् भने घटनमा आयुश नाम गरेको साथि पनि संलग्न रहेको बताएका छन् । तर, आयुश को हो भन्ने प्रहरीले खुलाएको छैन ।

गत श्रावण ३० गते घरमा एक्लै रहेकी बालिकालाई काका नाता पर्ने रोशन बोगटी र उनका साथी आयुशले बलात्कार गरी हत्या गरेका थिए । हत्यापछि बालिकाको शवलाई स्थानीय करुणडोल सामुदायिक बनको खोल्सामा फालेर ढुंगाले र पतकरले छोपका थिए ।

प्रहरीले घटनामा चार/पाँच जनासम्म संलग्न रहेको हुनुपर्ने बताएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.