२०७० सालमा रिलिज भएका नेपाली फिल्महरु मध्येबाट ‘वधशाला’ उत्कृष्ट फिल्म ठहरिएको छ ।

२०७० मा रिलिज भएका मध्ये बधशाला उत्कृष्ट




चलचित्र समीक्षक समाज नेपालले २०७० सालभरी रिलिज भएका ९७ फिल्महरु मध्येबाट मतदान गरी ‘वधशाला’लाई उत्कृष्ट फिल्मको क्यटोगोरिमा राखेको हो ।

मनोज पण्डितद्धारा निर्देशित यो फिल्म खासगरी माओवादी द्वन्दकालको समयमा सैनिक हिरासतभित्रका कैदीहरुलाई दिइएको यातनाको व्यथामा आधारित भएर बनेको छ ।

जुरी संयोजक अनुप सुवेदीको नेतृत्वमा भएको मतदानले विनोद पौडेलद्वारा लिखित साँघुरोकै पटकथालाई उत्कृष्ट र यही फिल्मका जोयस पाण्डेलाई उत्कृष्ठ अवार्ड प्रदान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ट अभिनेतामा मोक्षका  कोशिस क्षेत्री र उत्कृष्ट अभिनेत्री उमाकी ऋचा शर्मा घोषित भएका छन् । छायांकन विधाको अवार्ड भने फिल्म वधशालाका शैलेन्द्रध्वज कार्कीको हातमा परेको छ भने कर्कशबाट लोकेश बज्राचार्यलाई सम्पादन विधाको अवार्ड दिईने भएको छ ।









newspage3

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.