गाजामा युद्ध विरामको अवधि एक दिन थपियो

 गाजामा पाँच दिनदेखि चलिरहेको युद्धविरामको अवधि अरु एक दिन थपिएको छ । इजिप्टको मध्यस्थतामा राजधानी कायरोमा इजरायल र प्यालेष्टायनी अधिकारीहरुबीच भएको वार्तामा अरु एक दिन युद्ध रोक्न सहमति बनेको हो ।


गएको बुधबारदेखि जारी युद्धविराम सोमबार राति सकिएलगत्तै फेरि २४ घन्टा संघर्ष रोक्ने निर्णय गरिएको हो । युद्ध रोकेर स्थायी शान्ति बहालीका लागि पनि प्रयास भइरहेको छ ।

गत ८ जुलाईदेखि इजरायलले गाजामा गरेको हस्तक्षेपमा दुई हजार १६ जना प्यालेष्टायनी सर्वसाधारण मारिएका छन् । हमासले गरेको रकेट आक्रमणबाट इजरायलतर्फ भने ६६ सैनिक मारिएका छन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.