श्वेतालाई बहिनी बनाएर राख्छौं : मिनकृष्ण श्रेष्ठ

 २०७१ साउन  २९-श्रीकृष्ण श्रेष्ठको दिल्लीको करोल वागस्थित गंगाराम अस्पतालमा २५ दिन उपचार भयो । बोन क्यान्सर भएको एक सातामा साउन २४ गते सोही अस्पतालामा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भयो । निधन पूर्व श्रीकृष्णले  उनका दाजु मिनकृष्ण श्रेष्ठसँग अन्तिम संवाद गरेका थिए । सोही संवाद हामीले यहाँ केही सम्पादन सहित प्रस्तुत गरेका छौं । हामीसँग गरेको संवादमा दाजु मिन कृष्णले श्रीकृष्णको निधन पूर्वको अवस्था र श्वेता खड्काको भविष्यका बारेमा कुराकानी गरेका छन् ।

‘ धेरै दिन सम्म नेपाल नफर्केकाले भाइको अवस्था बुझ्न म आफैं दिल्ली गएको थिएँ । म पुग्दासम्म भाइको अवस्था स्थिर थियो । भ्वाइस रेकर्ड गरेर नेपाल पठाउञ्जेलसम्म पनि भाइलाई ठिकै थियो । त्यसको दुई दिनपछि भाइलाई सास फेर्न गाह्रो भयो । डाक्टरले फोक्सोले काम गर्न छाडेकोले आइसियुुमा राखेर थप उपचार गर्नु पर्नेे सल्लाह दिनु भयो । तर, भन्ने बित्तिकै आइसियु पाइएन । बारम्बारको आग्रहपछि मात्रै राती १० बजे भाइलाई आइसियुमा लगियो ।

श्वेता सँगै थिइन् । म बाहिरै बसें । तर उनलाई डाक्टरले बाहिर पठाए । उनी बाहिर निस्किइन् । मलाई भने डाक्टरले आइसियु कक्ष भित्र बोलाए ।  त्यहाँ उपचार सुरु हुन नपाउँदै भाइले ‘मलाई श्वास लिन गाह्रो भयो दाइ’ भन्यो । उसले मेरो हात च्याप्प समात्दै पहिलोको जस्तै स्वरमा करिब ३ मिनेट जति कुरा गर्यो । चलचित्र सम्बन्धी सबै संघ संस्था र फिल्मकर्मी सबैलाई भाइले सम्झियो । विशेष गरी निर्देशक आकाश अधिकारी र स्व.शिव रेग्मीको नाम भाइले नाम लियो ।
परिवारका सदस्य सबैलाई सोधेको छ भन्दिनु भन्यो । आमा र दाइको छोरी चल्ला (माया गरेर बोलाउने नाम) लाई सोधेको छ भन्नु भन्यो । श्वेता बैनीलाई हेर्नु भन्यो । श्वेतालाई बैनी बनाएर राख्नुस् दाइ धर्म नै लाग्छ भन्यो । ऊ बोल्दै थियो तर बोल्दा बोल्दै उसलाई राखेको वेड हल्लियो । बाबु किन हल्लिएको भनेर भने । केही जवाफ आएन । शंका लागेर फेरि सोधें । हालले हल्लाएँ कुनै जवाफ दिएन । बोल्दा बोल्दै उसको प्राण पखेरु उडिसकेछ ।

त्यस्तो बेलामा मैंले गर्ने ? म अत्तालिएँ । श्वेतालाई बोलाएँ । भर्खर मात्रै ‘बाई बाई’ भनेर गएको मान्छेको एक्कासी लास देख्दा श्वेता त्यही रुवाबासी गर्न थालिन् । तर रुवावासीले भाइ फर्कदैनथ्यो । भाइले हामीलाई छाडेर गएको सय स्विकार्ने पथ्र्यो । मैंले लास बुझि लिएको पेपरमा हस्ताक्षर गरें । लासलाई अस्पतालमै छोडेर हामी नजिकैको होटलमा बस्न गयौं । त्यहाँ रुवाबासी चल्यो । होटलका नेपालीले सहयोग गरे । अन्य नेपालीले पनि दुःखको घडीमा सहयोग गर्नु भयो ।

भाइलाई चिसो हुनुहुँदेन्थ्यो । उसलाई सानोमै निमिनिया भएको थियो । रात बिरात फिल्म खेल्दा निमोनिया बल्झियो । बिहेपछि घुम्न निस्केको दुई दिनमै भाइलाई अस्पताल भर्ना गर्नु पर्याे । रोग पत्ता लगाएर उपचार गर्न ढिलो भयो । किमो दिएपछि खोकी ठिक भएको थियो । फोक्सोमा समस्या भएपछि उसले सास लिन सकेन । बोन क्यान्सर भएको कुरा परिवारलाई पनि थाहा थिएन । भाई स्वयमलाई पनि थाहा थिएन । किमो दिने बेलामा मात्रै भाइले आफूलाई बोन क्यान्सर भएको कुरा थाहा भयो ।

डाक्टरले पनि बिरामीलाई थाहा दिनु भन्नु भएको थियो । भाइले मलाई श्वेता बैनीको हेर्ने जिम्मेवारी दिएको छ । हाम्रो एउटा मात्रै दिदी हुनुहन्छ । बैनी थपिएकी छे । उसलाई बुहारी होइन हामी छोरी बनाएर राख्छौं । श्वेता बैनी फिल्म लाइनमा जोडिएको भएपनि पहिलो ऊ व्यवसायी हो । भाइले गर्दा फिल्म लाइनमा जोडिएको थियो । त्यसैले अब श्वेता बैनी फिल्म लाइन भन्दा पनि व्यापारमा जोडिन्छ होला । तर उसको ईच्छा जे मा हुन्छ हामी त्यसमा सपोर्ट गर्छौ । पहिला पनि उसले भाइ बिना फिल्म खेल्न मान्दैनथ्यो त्यो कारणले सायद अब उसले फिल्म खेल्दैन होला ।#फिल्मीखबर

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.