अर्चना डेलालाले हट फोटो सुट दिएर तहल्का

आइटम गीतमा निक्कै नै छोटो समयमा चर्चामा आएकी कलाकार अर्चना डेलालाले फेरि एकपटक सिने बजारमा आगो बाल्ने तयारी गरेकी छिन् । चलचित्र ‘आवेग’की नायिका समेत रहेकी अर्चनाको हट जवानीलाई विक्रीमा राख्दै यसको छायांकन सुरु गरिएको हो । बिहिबार काठमाण्डौको बनस्थलीस्थित बालाजु ल्याबमा महंगो सेट लगाएर यसको निर्माणपक्षले आइटम गीतको छायांकन गरेको हो ।
कविराज गहतराज आइटम गीतमा नृत्य सिकाउँदै थिए भने पुरुषोत्तम प्रधानले आकर्षक दृश्यलाई क्यामेरामा कैद गरिरहेका थिए । यो महंगो सेटका लागि निर्माणपक्षले करिब १० लाख खर्च गरेको छ । निर्माता समेत रहेका गीतकार सूर्य कार्कीले यसअघि ‘मेरो जीवन साथी’मा पनि महंगो सेट लगाएका थिए ।
‘विक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा ‘मुन्नी बदनाम हुई’ बोलको गीत गाएर चर्चामा आएकी ममता शर्माले आवाज दिएकी छिन् । गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । आर्यन सिग्देल, धुव्र दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीको समेत अभिनय रहने सिनेमालाई एक्सनमा पनि भरिपूर्ण बनाउने योजना निर्देशक वसन्त निरौलाले सुनाए । यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्ने सिनेमामा धन सिंह केसी र राजेन्द्र घिमिरेको पनि लगानी छ । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।archana-delala-hot-1
archana-delala-hot-2
archana-delala-hot-3

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.