साताका तीन फेसन शो



 तीजको पूर्वसंन्ध्या पारेर काठमाडौंका तीन भिन्न स्थानमा फेसन शो सम्पन्न भएका छन्। छुट्टाछुट्टै विशेषता बोकेका ती तीनवटै फेसन शोमार्फत महिला तथा पुरुष मोडलहरूले विभिन्न पहिरन प्रदर्शन गरेका थिए।

शुक्रबार राति दरबारमार्गस्थित आई क्लबमा आयोजित फेसन शो 'फेसन नाइट फेज-९' को आयोजना बेटर ग्यालेक्सीले गरेको थियो। उक्त फेसन शोमा ११ जना मोडलले क्याटवाक गरेका थिए। आधा दर्जन सिक्वेन्समार्फत मोडलहरूले कायरा बुटिक, शान्ताज बुटिक, आलिया कलेक्सन, रीताज कलेक्सन तथा क्षितिजा कलेक्सनका डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए। फेसन शोमा वेलकम, कुर्ता एन्ड सारी, पार्टी वेयर, गाउन, वन पिस, क्याजुअल वेयर तथा डान्सिङ सिक्वेन्समार्फत मोडलहरूले विभिन्न पहिरन प्रदर्शन गरिएका थिए। फेसन शोका क्रममा जादुगर महादेव त्रिपाठी, नृत्यांगना संगीता लामा, रवि तन्डुकार तथा एन्नी कुँवरले विभिन्न प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। फेसन शोमा नायक सविन श्रेष्ठ, हास्यकलाकार सुलेमान शंकर, कलाकार रोशन श्रेष्ठले सेलिब्रेटी वाक गरेका थिए।


शुक्रवार राति होटल र्‍याडिसनमा सम्पन्न 'इन भोग' शीर्षकको फेसन शोमा भने विभिन्न मोडलले क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्ला डिजाइनहरू प्रदर्शन गरे। आधा दर्जन सिक्वेन्समार्फत एक दर्जनभन्दा बढी मोडलले त्यति नै डिजाइनरका पहिरन प्रदर्शन गरेका थिए। हाउस अफ फेसनले आयोजना गरेको उक्त फेसन शोमार्फत उत्कृष्ट मोडलसमेत छनौट गरिएको थियो। डिजाइनरले डिजाइन गरेको पहिरनका आधारमा उत्कृष्ट मोडल छनाैट गरिएको हो। फेसन शोमा डिजाइनर समा बानुले ढाकाबाट तयार पारिएका विभिन्न पहिरन प्रस्तुत गरेकी थिइन्। गीत-संगीत सहितको उक्त फेसन शोमा पुरुष मोडलहरूले पनि क्याटवाक गरेका थिए।

आइतबार साँझ जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा आयोजित फेसन शोमा मोडलहरूले डिजाइनर पूनम क्ष्ाेत्रीले तयार पारेका पछिल्ला पहिरनहरू प्रदर्शन गरे। 'सिनेयात्री स्टार-२०७१' शीर्षकको कार्यक्रममा नृत्यांगना पार्वती राईले नृत्य प्रस्तुत गरिन् भने गायक रूपक डोटल तथा गायिका ज्योति राईले आफ्ना लोकपि्रय गीतमार्फत दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।

, , , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.