लोग्ने लिन बिमानस्थल जान्छु भनेर सम्पत्ती लिएर भाग्ने यि महिला देख्नुभएको छ ?







रोजगारीका क्रममा मलेसियामा रहनुभएका गोरखा ताकुकोटका सुरेश बराम भदौ ७ गते नेपाल आउनुभयो । एयरपोर्टमा उहाँकी पत्नी बिमा बराम उहाँलाई लिन आउने कुरो भएको रहेछ, तर आउनुभएन ।
ठीकै छ भन्ने सोच्दै उहाँ गोरखावजार आइपुग्नु भयो, तर आफन्तहरुबाट के थाहा भयो भने, श्रीमति त लुगाफाटो बोकेर अन्तै हिँड्नुभएछ ।

आफूले मलेशियाबाट हिमालयन बैङ्कमा पठाउने गरेको पैसो पनि एक सुको बाँकी नराखि हिँडेपछि उहाँलाई साना दुई छोरालाई कसरी लेखाउने, पढाउने भन्ने चिन्ता थपिएको छ ।

आज भदौ ८ गते च्वाईस एफएममा आउनुभएका सुरेश बरामको आग्रह छ, उहाँकी पत्नीलाई कसैले कतै देख्नु भए नजिकको प्रहरी चौकीमा बुझाईदिनुहोला ।

Nagariksamachar.com

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.