आउँदैछ विन्डोज ९ को प्रिभ्यु





विन्डोज ८ र ८.१ ले बजारमा राम्रो रिभ्यु प्राप्त गर्न नसकेपछि विन्डोज ९ को तयारीमा जुटेको माइक्रोसफ्टले त्यसको प्रिभ्यु रिलिज गर्ने भएको छ । थ्रेसहोल्ड नाम दिइएको उक्त अपरेटिङ सिस्टमलाई यही सेप्टेम्बर ३० का दिन एक कार्यक्रमबीच रिलिज गर्ने भएको छ । विन्डोज ९ भने व्यावसायिक रुपमा सन् २०१५ मा मात्र उपलब्ध हुनेछ । सन् २०११ को सेप्टेम्बरमा बिना ‘विन्डो कि’ लञ्च गरेको विन्डोज ८ बारे राम्रो प्रतिक्रिया नआएपछि माइक्रोसफ्टले विन्डोस ८.१ लञ्च गरेको थियो । तर, त्यसलाई पनि प्रयोगकर्ताले भिस्टाको अर्को रुप भएको संज्ञा दिएका थिए । विन्डोस ८ को प्रिभ्युलाई सन् २०१२ को फेब्रुवरीमा रिलिज गरेर व्यवसायिक रुपमा २०१२ को अक्टुबरमा उपलब्ध गराइएको थियो ।

- See more at;nagariksamachar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.