प्रेमीले यसरी गरे चोखो मायाको बयान

 एउटा प्रेमीले प्रेमिकाको लागी गरेको समर्पण र सदभाव कति महत्वपूर्ण हुन्छ । अनि प्रेमिकाको स्वाभावले कति प्रभाव पार्छ प्रेमीलाई । साथै प्रेमीले बगाएको आँशुको मुल्य कसरी बुझेकी छिन प्रेमिकाले । यसको प्रष्ट भाव र दृश्य एउट गीतले प्रष्ट पारेको छ । ‘आइ लभ यु प्रियसी, मेरो माया चोखो छ’ बोलको गीतमा गायक लीलाहाङ राईले न्याय गरिदिएका छन् ।
नेपाली सांगीतिक आकाशका नव प्रतिभा लिलाहाङ राई दश बर्ष देखि निरन्तर संगीत साधनामा लागेर मार्मिक गीत लिएर धेरै प्रेमीप्रेमिका अर्थात आम संगीतप्रेमीहरुको दिलमा बस्न सफल देखिएका छन् । भोजपुरबाट काठमाडौं आएर डोरेमी संगीत विद्यालयमा संगीत सिकेका लिलाहाङको यही गीत यतिबेला युटुबमा अपलोड भएको छ ।
उनको पहिलो एकल एल्बम ‘द राईज’मा समेटिएको उक्त गीतलाई संदिप मोतेले शब्द संगीत दिएका छन् ।
युगल पोमो लिम्बुले निर्देशन गरेको भिडियोले लिलाहाङलाई संगीत क्षेत्रमा स्थापित गराउन थप सहयोग पुर्‍याएको छ । उनको यो पहिलो एल्बममा गायक तथा संगीतकार महेश थुलुङ र संदिप मोतेले नै शब्द, संगीत दिएका छन् ।
उनको यो पहिलो गीतलाई अमृत सुनुवारले छायाकंन गरेका छन् भने अनु, नरेन र सुजितले अभिनय गरेका छन् । लिलाहाङका जम्मा आठवटा गीत मात्र अहिलेसम्म रेकर्ड भएका छन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.