इबोला बिरामी दिल्लीमा भेटिए

नाइजेरियाबाट भारत भ्रमणमा शनिबार आएका तीन यात्रुमध्ये एक ७६ वर्षीय पुरुषमा इबोला भाइरसको संक्रमण देखा परेको छ ।
इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भएको प्रारम्भिक स्वास्थ्य निगरानी र लगत्तै राम मनोहर लोहिया अस्पतालमा थप परीक्षणका लागि नाइजेरियाली यात्रुलाई पठाइएको थियो । नेशनल सेन्टर फर डिजीज कन्ट्रोलमा भएको परीक्षणमा एक बृद्ध यात्रुको रगतमा भने संक्रमणको ‘पोजेटिभ’ संकेत पाइएको छ ।
सोमबार प्रकाशित स्थानीय मिडियाका अनुसार यी यात्रुको थप रक्त परीक्षण पुणेस्थित नेशनल बायरोलोजी इन्स्टिच्युटमा पठाइएको छ ।
भारत सरकारलेIbola virus इबोला भाइरसको संभावित संक्रमणको उपचार र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ वटा बेडसहित बिशेष आइसीयु विभाग स्थापना गरिएको छ । नेपालले पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलदेखि विदेशी यात्रुको स्वास्थ्य निगरानी र परीक्षण सुरु गर्न डेस्क स्थापना गर्ने जनाएको छ ।   
इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जर्नलका अनुसार इबोला भाइरस संक्रमणको सुरुवात गिनी देशबाट सन् २०१३ को डिसेम्बरमा सुरु भएको थियो । उक्त संक्रमणमा परेर एक दुई बर्षिया बालकको निधन भएको थियो । इबोला भाइरसको फैलँदो संक्रमणबारे सर्तकर्ता अपनाउन नेपाल सरकारले अफ्रिकी मुलुकबाट आउने पर्यटक/यात्रुका हकमा तत्कालका लागि नेपाल भ्रमणको भिसा नदिने निर्णय गरिसकेको छ भने नेपाली नागरिकलाई अफ्रिकी मुलुकमा भ्रमणका लागि रोक लगाउने भएको छ ।
पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियामा व्याप्त रहेको भनिएको इबोला भाइरसबाट १ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको आधारमा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य–संकटकाल अवस्थाको घोषणा गरिसकेको छ ।
   

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.