सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु

आत्मकथामा जस्तो ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु’ भन्ने अडान कसैले राखेको भए त्यहाँ रगतको खोलो बग्थ्यो।
सम्बन्धित


​को थिए ती सम्पादक, जो कटवाललाई उक्साउँथे
२०६३ जेठ १९, शुक्रबार। माओवादीले काठमाडौँमा पहिलो पटक टुँडिखेलमा आमसभा गर्दै थियो। अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गद कटवालले त्यही दिन सम्झँदै हालै प्रकाशित आफ्नो आत्मकथामा लेखेका छन्- 'सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन, मैले आफ्नो निर्णय (प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई) सुनाइदिएँ। सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ।  सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु।  माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरि फौज तैनाथ भयो। हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च घेर्‍यौँ। अन्ततः माओवादी पछि हट्यो।‘ तर वास्तविकता त्यसभन्दा बिल्कुल फरक छ। त्यो दिन माओवादी हैन, सेना पछि हटेको थियो, जुन त्यतिबेला सागर श्रेष्ठले खिचेका र माइसंसारमा छापिएका फोटोबाट प्रष्ट हुन्छ।



यसरी ढाँटे कटवालले

फोटोमा देखिएका राता लुगा लगाएकाहरु माओवादीका स्वयंसेवकहरु थिए। सैनिक मञ्चको राजा र अन्य विशिष्ट अतिथि बस्न बनाइएका तीन वटै मञ्च माओवादी कार्यकर्ताहरुले कब्जा गरेका थिए। खुलामञ्चमा सहभागी नअटाएर सैनिक मञ्चसमेत भरिएको थियो।

माओवादीहरु सैनिक मञ्चमा प्रवेश गरेपछि नेपाली सेनाका जवानहरु छेउ लागेका थिए। सेना र माओवादी  दुवैले एकदमै संयम अपनाएका कारण केही पनि अप्रिय घटना हुन पाएको थिएन। एउटा सानो झडप मात्र पनि भएको थिएन त्यत्रो अवधि भर।

माओवादी नेताहरुले बारम्बार मञ्चबाट संयम र धैर्य अपनाउन कार्यकर्ताहरुलाई निर्देशन दिइरहेका थिए। अखिल क्रान्तिकारीका तत्कालीन अध्यक्ष लेखनाथ न्यौपाने र नेता देवेन्द्र पौडेलले सैनिक मञ्चमा नारा लगाएर उत्तेजक क्रियाकलाप नगर्न आफ्ना कार्यकर्तालाई र संयम अपनाउन सेनाका जवानलाई आग्रह गरेपछि बल्ल माओवादीहरुले राजा बस्ने मञ्च छाडेका थिए। बाँकी दुई मञ्चमा भने उनीहरु यथावत बसिरहेका थिए अन्त्यसम्म।

आत्मकथामा जस्तो ‘सैनिक मञ्च हाम्रो छाती हो। त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु’ भन्ने अडान कसैले राखेको भए त्यहाँ रगतको खोलो बग्थ्यो।


त्यतिबेला सबै मिडियामा आएर फोटोमा समेत रेकर्डेड रहेको तथ्यमा त कटवालले यति ‘ट्विस्ट’ गरेका छन् भने ‘अफ द रेकर्ड’ रहेका अन्य कतिपय विषयमा आत्मकथामा के लेखिएको होला सहजै अनुमान गर्न सकिने विषय हो।

माओवादीमात्र हैन त्यो दिन सैनिक मञ्चमा पानीपुरी, चनाचटपटे र आइसक्रिम बेच्नेहरुसमेत पसेका थिए।

आत्मकथामा तथ्यगत त्रुटीहरु पनि प्रशस्तै छन्। यसै प्रसंगमा लेखिएको छ- 'उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुलामञ्चमा आमसभा गरेर चित्त बुझाए। माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, 'को हो त्यो कटवाल भनेको?'

जबकि  जेठ १९, २०६३* को त्यो आमसभामा प्रचण्ड उपस्थित नै थिएनन्। वार्ता टोलीका कृष्णबहादुर महराले सम्बोधन गरेका थिए।
को हो त्यो कटवाल भनेको भन्दै भाषण त्यसको दुई वर्षपछि बल्ल प्रचण्डले गरेका थिए। त्यो पनि माओवादीको आमसभामा हैन, पुस ३०, २०६४ सोमबारका दिन सात दलको आमसभामा उनले यस्तो भाषण गरेका हुन्।



संविधान सभाको निर्वाचनका लागि वातावरण बनाउन आयोजित आमसभामा कांग्रेस नेता शेरबहादुर देउवा,  एमाले महासचिव माधवकुमार नेपालसमेत उपस्थित थिए।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.