सुन्तलाका गेडाले हान्दा किसानको प्राणान्त
दुइ जना गाउँलेले पटक पटक सुन्तलाका गेडाले हिर्काउँदा दक्षिण अफ्रिकाका एक किसानको ज्यान गएको छ ।
लगातार सरीरका विभिन्न ठाउँमा सुन्तलाका गेडाले जोडसँग हानेपछि चाउकेको प्राणपखेरु उडेको बताइएको छ ।
दक्षिण अफ्रिकाको उत्तरी लिम्पोपो प्रान्तस्थित जानिनमा गएको बुधबार यो घटना भएको हो । सुन्तलाले हानेर चाउकेको हत्या गरेको आरोपमा २७ र ३० वर्षका दुइजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतक चाउकेको शवलाई पोष्टमार्टम गरी मृत्युको कारण प्रामाणिक रुपमा यकिन गरिने बेलायती अनलाइन मिररले जनाएको छ ।
.onlinekhabar.com
.jpg)
0 comments
Write Down Your Responses