सेलिब्रेटीको नक्कली फेसबुक चलाउने को ?

प्रकाश लामिछाने । 
काठमाडौं । फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालहरुले मानिसलाई जति खुसी थप्दै, सहज संजालको अनुभूति दिएको छ त्यतिनै दुःख, असहजता र समस्यामा पार्ने गरेको छ ।

पछिल्लो समय बालक देखि वृद्ध उमेरसम्मका मानिसहरुको बिचमा लोकप्रिय बन्न सफल भएको फेसबुक लगायतका सामाजिक संजालहरुले कतिपयको जीवन निमार्ण गरेको छ, दुःखबाट उद्दार गरेको छ भने कतिको नैतिकतासँगै ज्यान पनि लिएको खबरहरु सार्वजनिक भइरहेको छ ।

पछिल्लो समय फेसबुक लगायतका सामाजिक संजालको सहि प्रयोगले कसैको उद्दार गर्न सकिने, मनका कुराहरु साथीहरुमाझ राख्न सहजहुने जस्ता काममा टेवा पुर्याएको छ भने वर्षौसम्म छुट्टिएर रहनु परेका साथीहरु र परिवारजनलाई नजिक बनाइदिएको छ ।

त्यस्तै पछिल्लो समय नेपालमा मौलाएको अनलाईन पत्रकारितालाई फेसबुक र ट्वीटर लगायतका सामाजिक संजालहरुले निकै ठूलो सहयोग गरेको छ । सामाजिक संजालको माध्यमबाट विश्वभर फैलिएका मानिसहरुले समाचार तथा जानकारीहरु प्राप्त गर्न सकेका छन् । अनलाईन पत्रकारिताको एउटा पाटो बनेको छ सामाजिक संजाल ।
facebook image
बिकृती पनि
सामाजिक संजालको प्रयोगसँगै प्रयोगकर्ताहरुले यसको दुरुपयोग गर्न थालेका छन् । निशुल्क प्रयोग गर्न पाइने भएको कारण यसको लोकप्रियता जति बढ्दो छ त्यतिनै मात्रामा दुरुपयोग पनि ।

सामाजिक संजालको दुरुपयोग गरेर विश्वमा धेरै ठूला ठूला घटना भएका छन् । फेसबुकमा अनैतिक प्रतिक्रिया पोष्ट गर्ने देखि अरुको नैतिकतामाथि नै प्रश्न उठ्ने गरि स्टाटसहरु पोष्ट हुने गरेको पाइन्छ ।

नक्कली प्रयोगकर्ता
सामाजिक संजालको लोकप्रियतासँगै यसको चरम दुरुपयोग हुनथालेको छ । विशेषगरी फेसबुकमा यसको प्रयोग बढी देखिन्छ ।
सामाजिक संजालमा पछिल्लो समय नक्कली खाताको बिगबिगी छ । यो समस्या विश्वभरमा नै छ । फेसबुकको प्रयोगले समाजमा पार्ने गम्भीर असरको ख्याल गर्दै चीन लगायतका विश्वका केही मुलुकमा फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ ।

नेपालमा फेसबुक मात्रै होइन अन्य सामाजिक संजालको समेत दुरुपयोग हुँदै आएको छ । खासगरी नेपालमा चर्चित सेलिब्रेटीहरुको नक्कली खाता बनाएर प्रयोगमा ल्याइएको पाइन्छ तर साईवर क्राइम सम्बन्धि कानून खुकुलो हुनाले यसको नियन्त्रण हुन सकेको छैन ।

नेपालमा महानायक राजेश हमाल, निखिल उप्रेती, भुवन केसी, नायिका रेखा थापा, शुष्मा कार्की, हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, ‘माग्नेबुढा’, ‘तक्मेबुढा’ देखि लोकदोहोरी गायिक विष्णु माझी, गायक रामजी खाँड, राजु परियार, क्रिकेटर पारस खड्का लगायत सयौं सेलिब्रेटीको नाममा नक्कली फेसबुक खाता र फ्यान पेजहरु चलाइएको छ ।

त्यसरी चलाइएका कतिपए फेसबुकहरुमा कलाकारले नै चलाए जस्तैगरी सामान्य रुपमा आवश्यक स्टाटस मात्रै अपडेट गरिएको छ भने कतिमा अश्लील शब्द, चुट्कीला र अन्य सामाग्रीहरु पोष्ट गर्ने गरेको पाइन्छ ?

कसले चलाउँछ त सेलिब्रेटीको नाममा फेसबुक
सेलिब्रेटीको नाममा फेसबुक कसले चलाउँछ यो रहस्यको विषय नै बनेको छ । हालसम्म त्यसरी फेसबुक चलाउनेहरु पक्राउ परेका छैनन् तर प्रहरीमा भने केही उजुरीहरु परेका छन् ।

सेलिब्रेटीको नक्कली एकाउण्ट बनाएर फेसबुक चलाउनेहरु कतिपए त सेलिब्रेटीको फ्यानहरु रहेको अनुमान गरिन्छ तर पनि सत्य के हो त्यो बाहिर आउन सकेको छैन । यसरी सेलिब्रेटीको नाममा चलाइएको फेसबुक पेजहरुमा लाखौं लाइक छन् भने हजारौं साथीहरु ।

नक्कली फेसबुकको प्रयोगको विषयमा अनुसन्धान गरेरहेको महानगरीय प्रहरी परिसर हनुमानढोका बताउँछ । यसरी फेसबुकको प्रयोग गर्नेहरुले सेलिब्रेटीको नाममा किर्ते गर्नेको खोजी गरेको प्रहरीको भनाइ छ ।

यसरी चलाइएको फेसबुकको चलाउँदा प्रयोग हुने इमेल र आइपीका आधारमा खोजी गरिने  प्रहरी बताउँछ । सामाजिक संजालमा हुने बिकृती रोक्न प्रहरी प्रयासरत रहेको र त्यस्ता फेक आइडी बनाएर चलाउनेहरुलाई साइबर ल अनुसार खोजी गरेर कारवाही गर्ने प्रहरीको भनाइ छ ।

, , , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.